काठमाडौं, ३ फागुन । पुष्प व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न फ्लोरिकल्चर एशोसिएशन नेपालले व्यवसायीलाई मुल्यश्रृंखला अभिवृद्धि तालिम सुरु गरेको छ ।
नेपाल सरकार कृषि विकास मन्त्रालयको सहयोगमा पुष्प प्रवद्र्धन कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको हो । ३ दिनसम्म चल्ने तालिममा ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, कास्की र चितवनका ४० बढी पुष्प व्यवसायीको सहभागिता रहको छ ।
फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका महासचिब तालिमका संयोजक दिलिप बादेलेले तालिमले पुष्प प्रवद्र्धनमा सहयोग पुग्ने जानकारी दिनुभयो । तालिममा डा. कमल पौडेल, अनिल आचार्य र शंकर पौडेलले प्रशिक्षण दिइरहेका छन् ।
तालिममा भ्यालु चेन डेभलेपमेन्ट, पोष्ट हाभेष्ट म्यानेजमेन्ट, फार्म म्यानेजमेन्ट र मार्केटिङ स्किल डेभलपमेन्ट लगायतका बिषयमा तालिम प्रदान गरिने फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताउनुभयो ।
एशोसियशनले बर्षेनी राष्ट्रिय तथा अन्ताराष्ट्रिय मेला, गोदाबरी मेला र लालुपाते मेला लगायतका क्षेत्रीय मेला समेत आयोजना गर्दै आइरहेको छ ।


















प्रतिक्रिया