२९ आश्विन २०८३, बिहिबार

जलविद्युत् अवरुद्ध हुदाँ पूरै गाउँ अन्धकारमय बन्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

light-magdiअछाम, ३ फागुन । अछामको दर्ना गाविसमा रहेको लघुजलविद्युत् अवरुद्ध भएको छ ।

जलविद्युत् आयोजना विगत १५ दिनदेखि अवरुद्ध भएको हो । पावर मेसिनमा समस्या आएका कारण विद्युत् अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

विद्युत् अवरुद्ध भएपछि स्थानीय उपभोक्त अन्धकारमा बस्न बाध्य भएका छन् । ८३ वाट क्षमता भएको लघुजलविद्युत् आयोजना विगत एक वर्षदेखि सञ्चालनमा रहेको थियो । विद्युत् सुचारु गर्न कसैले चासो नदिएकामा स्थानीयवासी आक्रोशित भएका छन् ।

आयोजनाका उपाध्यक्ष नरबहादुर रावलले भने मर्मतका लागि बुटवलबाट प्राविधिक बोलाइएको र प्राविधिक आई नसकेकाले विद्युत् सेवा सञ्चालन हुन नसकेको बताएका छन् ।