डिसी, अमेरिका । १५ बर्ष अगाडी, फेब्रुअरी १४ ,२००१ प्रणय दिवस कै दिन अमेरिकाको भूमिमा पति राकेश तुलाधरसंग अवतरण गर्नु भएकी ४३ बर्षिय स्व ईश्वरी तुलाधरलाई समुदायले पूर्ण श्रद्धा तथा भाव विभोर साथ अन्तिम बिदाई भर्जिनियामा गरेका छन ।
सबै संग मिलजुल गर्न सक्ने र मृदुभाषी स्व. ईश्वरी तुलाधरलाई श्रद्धा अर्पण गर्न जनसागर उर्लिएको थियो ।
उनको पार्थिव शरीरमा र श्रद्धान्जली व्यक्त गर्न आउने सबैका आँखा रसाएका थिए भने भाव बिभोर साथ आत्मको चिर शान्तिको लागि कामना गरेका थिए ।
एरो नेपाल ट्रावल्सका संचालक, राकेश तुलाधरले भक्कानिदै धर्म पत्नी स्व. ईश्वरी तुलाधरलाई अन्तिम श्रद्दान्जली दिदै जीवन भर आफ्नो मानस पटलमा तिमि रहने छौ भन्दै बिदा गरे । ११ बर्षिय छोरी साक्षीले बिलौना गर्दै आमा तिम्रो सदा सम्झना गर्नेछु भन्दा सबैको गह भरि आँशु भरिएको थियो ।


श्रदान्जली सभामा नायक सरोज खनालले भगवान तिमि निस्ठुरी रहेछौ भन्दै छिटो चुडेर लाग्यौ भन्दै श्रदान्जली अर्पण गरेका थिए । आफु लगायत समूहले स्व. ईश्वरी तुलाधर लाई समर्पित गर्दै बनाएको ८ मिनेट छोटो वृतचित्र देखाईएको थियो । स्व. ईश्वरी तुलाधर क्यान्सर अर्बुद रोगबाट ४३ बर्षको देहावसान भएको थियो ।
















प्रतिक्रिया