डिसी, अमेरिका । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेशनलले आगामी मेमोरिएल दिवसको अवसरमा बर्षका उत्कृष्ठ युवा पुरस्कारबाट विभिन्न युवाहरुलाई सम्मानित गर्ने भएको छ ।
अमेरिकाका ५० औ राज्यहरुमा रहेका बिशेष गरि अमेरिकामा दोस्रो पुस्ताका युवाहरुलाई नेपालको संस्कृति तथा परम्परालाई रूपान्तरण गर्ने मुख्य उद्देश्यले यो कदम चाल्न लागिएको हो ।
हरेक बर्षको मेमोरियल डे को अबसरमा अमेरिकामा खेलकुद, नेपाली कला तथा संस्कृतिको संरक्षण र सम्बद्र्धनको लागि विविध कार्यक्रमहरु संचालन गर्दै समारोहमा ९ देखि १२ कक्षा सम्मका अमेरिकाका पचास राज्यहरुबाट ३५ जना अन्य विधामा उत्कृष्ट हुने र १५ जना खेलकुदबाट छनौट गरि पुरस्कार वितरण गर्ने संस्थाकी सभापति सिता पाण्डेले जानकारी दिनुभयो ।
संस्थाका महासचिव विनय अर्यालले यो कार्यक्रमले निक्कै महत्व राख्ने बताउदै सबै समुदायको ठुलो भूमिका रहने अपेक्षा गरेका छौ भन्दै संलग्न हुन युवाहरुलाई अनुरोध गर्नुभयो ।
अमेरिकामा यस्तो कार्यक्रम पहिलो भएकोले दोस्रो पुस्तालाई हौशला हुने भन्दै समुदायलाई एकजुट हुन संस्थाका उपाध्यक्ष मिलन राईले आग्रह गर्नुभयो ।
सांस्कृतिक कार्यक्रमले पुरस्कार सार्वजनिक समारोह रोचक बनेको थियो ।


















प्रतिक्रिया