डिसी, अमेरिका । वर्षाेदेखि अमेरिकामा बस्दै आएकी एक प्रवासी नेपाली आमाले संविधान बनाउन नेपालका नेतालाई आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालबाट नेताहरुलाई संविधान बनाउ, नत्र राजिनामा दिएर कर्सी छोड भन्नुभएको हो ।
विगत ४ बर्ष देखि अमेरिकाको भर्जिनियाको हर्न डनमा बस्दै आउनु भएकी नेपालको धरान जिल्लाकी आमा ७१ बर्षीय आमा अत्तर छेत्रीलाई पनि माघ ८ गते संबिधान नआए पछि मन कुटुक्क खाएछ ।
सबै उमेरकालाई संविधान बनेको हेर्न मन थियो तर बन्न सकेन । उमेरले ७० बर्ष नाघ्नु भै सक्नु भएकी, नेपाल र अमेरिका आईजाई गर्नुहुने अत्तर छेत्री संविधान छिटो बनेको हेर्न चाहनुहुन्छ ।
नेताहरुको खिचातानी तथा कुर्सीको मोहका कारण संबिधान बन्न सकेन दुख लाग्यो भन्दै राजनीतिक दल र नेताहरुले मेरो कविता सुनुन भनि व्यंगात्मक कविता रच्नु भएको छ । उहाँको कविता सुन्न अमेरिकामै जन्मेका बालबालिकाले घेरा हाल्दै सुनेका छन् ।

आफ्ना नाती नातीनिहरुलाई पनि सुनाउन मन लाग्छ भन्दै आमाले सबैको अगाडी वाचन गरेको कविता । ‘संबिधान छिटो बनाउ नत्र कुर्सी छोड कि राजिनामा देउ’ भन्ने कविता वाचन गर्दै ७१ बर्षिय आमा अत्तर छेत्रीले नेपालका नेताहरुलाई सन्देश दिएकी हुन् ।
















प्रतिक्रिया