२९ आश्विन २०८३, बिहिबार

मातृभूमीले अपहेलना गरेपछि स्टेजमै रोएका सन्तोषको संघर्ष कथा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2

– रवि रोषी
दोहा, कतार । भनिन्छ, मातृभूमी कहिलेपनि विरानो हुँदैन । तर, कतारका प्रवासी नेपालीलाई मातृभूमी नेपालले विर्सिएको छ । करिब १३ वर्षदेखि कतारको समुदायमा परिचित नाम हो संघर्ष व्याण्ड । कतारको नेपाली समुदायको इतिहासमा करिब १३ बर्ष अघि स्थापित उक्त व्याण्डको नाम जस्तो हो । स्थापनाकाल देखि त्यहि संघर्षकै विरह गाथा बोकेर आईरहेको छ ।

यस ब्याण्डका लिड भोकलिष्ट सन्तोष परियारकै भीमकाय संघर्षमा गीत संगीत तथा वाद्यवादनमा अनुभवी र रुचि भएका समूह मिलेर कतारमा खोलिएको पहिलो नेपाली व्याण्डका टिमहरुको विगत देखि गर्दै आएको सहकार्यको संघर्षमय दिन सम्झदै स्टेजमा रुँदै भने थोरै वेतन लिएर हामीले घरमा पैसा नपठाएर सबै बाद्यवादनका सामान किन्यौं ।

1हाम्रो संघर्षको मूल्यांकन कतारमा कसैले गर्न रुचि देखाएनन् । हाम्रो प्रतिभालाई नेपाली समुदायले नै अपहेलना ग¥यो । पाकिस्तानी समुदाय तथा भारतीय समुदायबीच हामीहरुलाई उच्च सम्मानका साथ कार्यक्रम प्रस्तुती दिन बोलाईन्छ । नेपाली समुदायबीच हाम्रो प्रस्तुती दिन कहिलै निमन्त्रणा नगरेकोमा दुखी हुँदै उनले स्टेजमा नै आँसु झार्दै रोएर सबैलाई भावविव्हल बनाए ।

गत शुक्रवार कतारको क्वालिटी हाइपर मार्केटमा आयोजित संघर्ष ब्याण्डको भ्यालेन्टाईन स्पेशल लाइभ कन्सर्टमा नेपाली दर्शकहरुको भन्दा भारतीय दर्शकहरुको चाप कम नरहनु उनको व्याण्डको गायनी क्षमता नेपाली समुदायले नबुझ्नु हो भन्ने कुरो उपस्थित दर्शकहरुको पनि मूल्यांकन रहेको थियो ।

3

संघर्ष व्याण्डको सांगीतिक यात्राको दौरानमा धेरै प्याड्सहरु संग सहयात्रा गर्र्दै आएका सन्तोष आजभोलि उनको व्याण्डमा उनी बाहेक कोही नेपाली नै छैनन् । सांगीतिक यात्रा क्रममा कोहि व्यस्तताले गर्दा बाहिरिए भने कोही ब्याण्डका सदस्यहरु नेपाल फर्किए ।

4अहिले उनले भारतीय, बंगलादेश, पाकिस्तानी वाद्यवादक तथा नेपाली सहयोगी साथीहरुको साथ लिएर नेपाली, हिन्दी, पाकिस्तानी गीत गजल, पप, आधुनिक सबै खाले गीतहरु विदेशी समुदायमा गाएर हिँडीरहेका छन् । नेपाली समुदाय कहिँ कतैबाट सम्मानजनक बोलाहट नआएपनि भारतीय तथा पाकिस्तानी समुदायमा भने उनको व्याण्ड बहुचर्चित छ ।

दक्षिण भारतीय नायिका तथा गायिका लगायत पाकिस्तानी कलाकर्मीहरुको समेत प्रस्तुती रहेको सो कार्यक्रममा निमन्त्रणा दिएर पनि उपस्थित नभएकोमा आफु धेरै दुखी भएको बताए । प्रतिभाको पहिचान गर्न नसकेर उपस्थिती नजनाउनुले दुख लागेपनि आफुले कसैलाई नराम्रो नसोचेको र नसोच्ने कुरा पनि बताए ।

स्थापनाकालमा व्याण्डलाई स्थापित गर्न आर्थिक तथा भौतिक सहयोग गरी ठूलो योगदान दिने सागर नेपाललाई छाँद हाल्दै रुँदै सन्तोषले भने, नेपाली गीत संगीतको संरक्षण संवद्र्धन गर्दै अरुलाई मनोरञ्जन दिने बाटो समाउनु के नेपाली समुदायको नजरमा हामीले गलत गरेकै हौँ त ?

कार्यक्रममा ब्याण्डले नेपाली लोकगीत, आधुनिक गीत, पप गीत, हिन्दी तथा पाकिस्तानी गीत गजलको साथै उत्कृष्ट नृत्य प्रस्तुत गरी व्याण्डले उपस्थित दर्शकलाई पुर्ण मनोरञ्जन दिन सफल रहेको थियो ।