२८ आश्विन २०८३, बुधबार

आहा ! कति राम्रा आँखा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eyes

‘आहा, कति राम्रा आँखा ।’ सुन्दर नयनमा दृष्टि परेपछि जो कोहीले पनि यस्तै प्रतिक्रिया दिन्छ । झन् महिलाकालागि त आँखाको सौन्दर्य अरु महत्वपूर्ण हुन्छ । त्यसैले आँखाको सुन्दरतामा ध्यान दिइयो भने सुनमा सुगन्ध हुन्छ ।

आँखालाई सुन्दर पार्नमा हामी जथाभावी तरिकाले आइस्याडो तथा गाजलको प्रयोग गरिरहेका हुन्छौं, जसले आँखालाई हानी पु¥याउने, आर्कषक देखाउनुको साटो भद्दा तथा फोहोरी देखाइरहेको हुन्छ । आईलाइनर होस् या आईस्याडो लगाउँदा आँखाभित्र नपर्नेगरी र आँखाको बनावट नबिग्रने गरी लगाउनुपर्छ । आफूलाई सुहाउने तरिकाले यिनको प्रयोग गरियो भने आँखालाई राम्रो देखाउँछ ।  गाजलको प्रयोगले आँखा सुन्दर मात्र नभइ सानो आँखा पनि ठूलोजस्तो सुन्दर देखिने तथा ठूला आँखा झन् आकर्षक देखिने गर्छन् । त्यस्तै आईस्याडोले पनि आँखालाई आकर्षक देखाउनमा ठूलो भूमिका खेलेको हुन्छ । आईस्याडोको प्रयोग गर्दा आफूले लगाएको पहिरन तथा अनुहारको स्वरुपसँग मिलाइयो भने बल्ल त्यसले म्याच गर्छ । गाजल तथा आईस्याडोको नियमित प्रयोग भने स्वास्थ्यका हिसाबले त्यति लाभदायक मानिन्न । त्यसैले यी प्रशाधनको प्रयोग गरी सकेपछि राती सुत्नुभन्दा अगाडि फेसवासले राम्ररी छाला धुनु अत्यन्तै जरुरी हुन्छ ।