नयाँ दिल्ली, ३ फागुन । आफूले अत्याधिक माया गर्ने पत्नी कसैसँग घरमै ‘नाठो’सँग सुतेको देख्दा पतिलाई कस्तो हुन्छ होला ? पतिले के गरे होलान् त्यस बेला ।
कुरा हो भारतको गुजरात राज्यको । भावनगरमा पति घरमा नभएका बेला चेतना व्यावसले प्रेमीसँग रासलीला गरेकी हुन् ।
पत्नीको चर्तिकला स्वयं पति जिगर व्यासले देखेपछि दुबैलाई गोली प्रहार गरेका थिए ।
भारतीय सेनाका जवानसमेत रहेका जिगरले आफ्नी पत्नी र उनका प्रेमी रणजितलाई आपत्तिजनक अवस्थामा देखेका थिए ।
त्यस्तो अवस्थामा देख्ने वित्तिकै जिगरले साथमा रहेको सेनाको रिभल्वरले दुबैलाई गोली हानेको गुजरात प्रहरीले जनाएको छ ।
गोली लागेपछि प्रेमी रणजितको तत्काल मृत्यु भएको थियो ।
तर गोली लागेर घाइते पत्नी चेतनाको भने मृत्यु नभएको समाचारमा जनाइएको छ ।
प्रहरीका अनुसार जिगर व्यास आफ्नो घर पुगेर ढोका ढकढकाएका थिए ।
तर लामो समयसम्म ढोका नखुलेपछि संकालागेर व्यासले ढोका फोडेर भित्र पस्दा पत्नीलाई परपुरुषसँग नाङ्गै सुतेको पाएका थिए ।
ढोका फोडेर भित्र पसेका व्यासले आफ्नी पत्नी चेतनालाई रणजीत नामक युवकसँग आपत्तिजनक अवस्थामा पाएका थिए । रणजित व्यासका साथी पनि हुन् ।
घटना लगत्तै गोली लागेर गम्भीर घाइते चेतना प्रहरी थानामा पुगेर उजुरी दिएकी थिइन् । यस विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको जनाइएको छ ।
– एजेन्सी














प्रतिक्रिया