१ कार्तिक २०८३, आइतबार

विहेको बहानामा युवती ठगी गर्ने बेलायती लाहुरेको कथा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । युवतीहरूलाई विभिन्न बहानामा फसाएर लाखौं रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

झापा धरमपुर घर भएका वीरबल तामाङले युवतीहरूसँग प्रेम सम्बन्ध हुँदै विवाहसमेत गर्ने भन्दै ठग्ने गरेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका अनुसार यिनले आफूलाई बेलायती र हङकङको लाहुरे भएको बताउँदै नजिक हुने गरेका थिए ।

त्यही बीचमा आफूलाई कुनै कामले पैसा चाहिएको भन्दै रकम निकाल्ने गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

ती युवतीहरूको एटीएम कार्डसमेत लगेर चलाउने गरेको प्रहरीले जनायो ।

ब्युरोका अनुसार यिनले फरक युवतीलाई आफ्नो परिचय दिने गरेका थिए ।