आजको संसार मायामा होइन, हतियार, पैसा र युद्धमा बिश्वास गर्छ । त्यसैले नै गर्दा आज मानवीयतामा होइन, मान्छे पावरमा बिश्वास गर्छन , एकअर्कालाई गन्दैनन। आफै ठूलो, ‘म र मेरो’ मात्र भन्ने भावना बढदो छ। ‘हामी र हाम्रो’ भन्ने भाबना आज लगभग संसारभरिको मानिसहरुमा समाप्त भएर जाँँदैछ।
– रेखा थापा
‘भ्यालेन्टाइन डे १४ फेब्रुअरी अर्थात प्रेम दिबस । यो दिबस आज दुनियाँभरि मनाइँदैछ। जुन देशमा जुन भाषाबाट बोलिए पनि आखिर त्यो शब्द हाम्रो नेपाली भाषामा माया नै हो । र, आज माया, प्रेम अभिव्यक्ति दर्साउने दिन भनेर नै मैले पनि बुझेको छु।
१८ औ शताब्दीमा अंग्रेज देशहरुमा भ्यालेन्टाइन दिबस एउटा सार्वजनिक बिदाको दिन हो, जुन क्रिस्चियन शहिदहरुको सम्मानमा दिइन्थो, जसमध्ये एक शहिद सेन्ट भ्यालेन्टाइन थिए। यो दिबस को सुरुवात ‘क्रिश्चियन एण्ड क्रिश्चियन इन्फ्लुएन्सड कल्चर’बाट भएको हो ।
क्रिस्टियानिटीबाट सुरु भएतापनि आज यो दिवस लगभग संसारभरिका मानिसहरुले मनाउँदै आएका छन् । कुन धर्म र वर्गका मानिस हुन् मतलब छैन। यो पनि मतलब छैन कि यो दिबस कहाँबाट र कसरी सुरु हुन पुग्यो। यसको मतलब हुन आउँछ, संसारलाई युद्ध र हतियारले होइन, माया प्रेम र आपसी सद्भावले नै बदल्न सकिन्छ। युद्ध र हतियारले कुनै पनि कुरा सजिलै जित्न सकिन्छ तर माया र सद्भावले जितेको जित लामो र आनन्ददायी हुन्छ, रिस राग र बैमानिश्यता कदापी हुँदैन।
आजको संसार मायामा होइन, हतियार, पैसा र युद्धमा बिश्वास गर्छ । त्यसैले नै गर्दा आज मानवीयतामा होइन, मान्छे पावरमा बिश्वास गर्छन , एकअर्कालाई गन्दैनन। आफै ठूलो, ‘म र मेरो’ मात्र भन्ने भावना बढदो छ। ‘हामी र हाम्रो’ भन्ने भाबना आज लगभग संसारभरिको मानिसहरुमा समाप्त भएर जाँँदैछ। आज मानिसहरुमा त्यो यो देशको, त्यो फलानो धर्मको र त्यो यो राजनीतिक पार्टीको र त्यसलाई जसरी हुन्छ समाप्त पार्नुपर्छ नत्र मैले सफलता पाउँदिन भन्ने धेरै नकारात्मक सोच ब्याप्त छ। हो, यो नै एउटा मानवता भन्दा पर र क्रुरताको पछाडि छ आजको संसार।
मलाई लाग्छ, आजको यो प्रेम दिबससंगै सबैसंग दुस्मनी, रिस र राग छोडेर मित्रताको हात बढाऊँ । आज प्रेम दिबस मनाएर अर्को वर्षको दिबसमा त्यसैको दुस्मन बन्न नपरोस। मायामा सँधै जित हुन्छ, हार हुन्न। मायाले शरीरमा उत्साह दिन्छ, नैराश्यता कदापी दिँदैन। समर्पण, त्याग र बिश्वासमा माया बढी हुन्छ, प्राप्तिमा भन्दा पनि धेरै तर त्यो त्याग र मायालाई दुईवटा बाहिरी आँखाले होइन, भित्री हृदयको आँखा खोलेर हेर्नु र बुझ्नु जरुरी हुन्छ।
भगवानलाई हामी सँधै किन पुजा गर्छौ थाहा छ ? किनकी भगवानलाई हामी कहिलै प्राप्ति गर्न सक्दैनौँ । देख्न सक्दैनौँ । त्यसैले नै भगवानप्रति हाम्रो सदैब माया, विश्वास र आशा रहन्छ। यदि भगवान हामीसँग आएर बस्ने, कुरा गर्ने थिए भने हामी र भगवानबीच नै ठूलो असमझदारी पैदा हुन्थ्यो, त्यसैले भगवानले मनुस्य जातिलाई पैदा गरेर उहाँहरु आफै अर्कै ठाउँमा जुन मनुस्यको पहुँच भन्दा टाढा बस्नुभयो, किनकी उहाँलाई थाहा थियो कि मनुस्यको जात सँधै आफ्नै स्वार्थ हेर्छ पहिले अनि मात्र अरुको।
मेरो भन्नुको मतलब माया भगवान हो, भगवान माया हो, यसलाई महसुस गर्न सक्नुपर्छ अन्तरआत्माबाट नै। जसलाई यदि हृदयबाट माया गर्नुहुन्छ भने त्यसलाई पूजा गर्नुस सदैब, दुश्मन र दुष्मनी कहिल्यै नगर्नुस ।
साथीहरुलाई यो भ्यालेन्टाइन डे को शुभकामना। माया, प्रेम र सद्भाब बाँड्नुस, रिस र राग त्याग्नुस आजबाट नै। राम प्यारी ।
लेखिका नेपाली चलचित्रकी नायिका हुन् ।














प्रतिक्रिया