२९ आश्विन २०८३, बिहिबार

साताको नेप्सेमा भारी गिरावट, सेयर कारोबारमा प्रभु बैंक शिर्ष स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

प्रभु बैंकमा नयाँ सिइओ अशोक शेरचन आएपछि कारोवारमा बैंकले सफलता हात पार्दै गएको हो ।   

ashok-serchan- parbhu- bank

काठमाडौँ, २ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर ओरालो लागेको छ । गत साता ओरालो लागेको नेप्से यो साता पनि सकारात्मक हुन सकेको छैन् । गत साता ७.२२ अङ्कले घटेको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.५१ अङ्कले घटेको हो ।

यो साताको अन्तिम दिन ९८४.५१ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यसैगरी, गत साताजस्तै यो साता पनि कारोबारमा कमी आएको छ । गत साता कारोबार रकममा ५१.५० प्रतिशतले कमी आएको थियो भने यो साता १८.१४ प्रतिशत कमी आएको हो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीका १२ हजार ८६२ कारोबारबाट रु एक अर्ब ४३ करोड सात लाख ४० हजार बराबरका रु ३४ लाख आठ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

गत साता १६९ कम्पनीका १३ हजार नौ कारोबारबाट रु एक अर्ब ७४ करोड ८९ लाख पाँच हजार बराबरका रु ४५ लाख ३४ हजार ९२० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

समूहगत परिसूचकमा यो साता वाणिज्य बैंक, होटल, जलविद्युत् र अन्य समूहको परिसूचकमा कमी आएको छ भने व्यापार समूहको कुनै कारोबार भएको छैन ।

विकास बैंक, वित्त, बिमा र उत्पादनमूकक समूहको परिसूचकमा पनि सुधार आएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.७६ अङ्कले घटेर २०९.७ अङ्कमा आइपुगेको छ ।

यस साता रु सात करोड ८७ लाख ५० हजारको कारोबार गरेर प्रभु बैंक अग्रस्थानमा रहेको छ । भने रु दुई लाख ५३ हजार कित्ता सेयर कारोबार गरेर प्रभु बैंक नै अगाडि भएको छ । प्रभु बैंकमा नयाँ सिइओ अशोक शेरचन आएपछि कारोवारमा बैंकले सफलता हात पार्दै गएको छ ।त्यसैगरी दुई हजार २९ वटा कारोबार गरेर सेञ्चुरी कमर्सियल बैंक कारोबार सङ्ख्यामा अग्रस्थानमा छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको नेप्सेले उल्लेख गरेको छ ।