३० आश्विन २०८३, शुक्रबार

भ्यालेन्टाइन डे’को विपक्षमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudip-Ghimire

– सुदीप घिमिरे

कसैलाई राम्रो देख्नु आकर्षण हो । राम्रो फुल फुलेको हामी देख्छौँ अनि भन्छौँ– अहाँ कस्तो राम्रो । भित्र मनैवाट टिपेर लिउँ जस्तो लाग्छ । तर टिपेपछि भने त्यसप्रति आउने लगाव भने हराएर जान्छ अनि अर्को फुलमा नजर लाग्छ । त्यसैले कोही युवती वा युवकलाई देख्दैमा मन पराउनु त आकर्षण मात्र हो । त्यो क्षणिक आवेग हो । 

विगत २०/२५ बर्ष पहिले  कसैलाई माया गर्नु भनेको अपराध जस्तै थियो । बेइज्जतीकोरुपमा लिइन्थ्यो । सानै उमेरमा विवाह हुने तर विवाह भएपछि माइतमै बस्नुपर्नेे प्रचलन थियो । अरु ब्यक्तिहरुको अगाडि श्रीमान–श्रीमतीको समेत बोलचाल हुदैनन्थ्यो । एकै कोठामा सुत्ने त कल्पना समेत गर्न सक्ने अवस्था थिएन । तर पनि लुकिछिपी माया साट्ने कमी भने थिएन् ।

प्युठानका ७५ बर्षीय बृद्ध गिरिराज प्रोखरेल जवानी स्मरण गदै भन्छन् : ‘भेटनका लागि कुनै स्थान पहिलेनै तोकिएको हुन्थ्यो, त्यस स्थानमा पुगेको संकेत दिलाउन स्याउला भाँचेर ढुङ्गाले किच्ने गर्थ्यौ।’