२९ आश्विन २०८३, बिहिबार

जनयुद्ध दिवसमा जनप्रगतिशील मोर्चा यूएईको शुभकामना सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press release suvakamana fagun 1यूएई । नेपाल जनप्रगतिशील मोर्चा यूएईले २०औं जनयुद्ध दिवसमा शुभकामना सन्देश जारी गरेको छ ।
महान जनयुद्धमा सहभागि हुने तथा सहयोग गर्ने जनसमुदाय, शुभचिन्तक, परिवर्नतका हिहतैषी सबै नेपाली नागरिकलाई सम्बोधन गर्दै जनप्रगतिशील मोर्चा यूएईले जनयुद्ध दिवसमा प्रदेशबाट सन्देश पठाएको हो ।

साथै मोर्चाले यूएई विविध कार्यक्रम गरी जनयुद्ध दिवस समेत मनाएको छ । जनप्रगतिशील मोर्चा यूएईले जनयुद्धको दौरानमा सहिद भएका, वेपत्ता पारिएका, घाइते, अपाङ्ग भएको भन्दै २० औं जनयुद्धको दिवसको एतेहासिक अवसरमा सहिदप्रति श्रद्धान्जिल व्यक्त गर्दछौं । वेपत्ता, घाइते अपाङ्ग योद्धाहरुप्रति विशेष सम्मान प्रकट समेत गरेको छ ।

जनप्रगतिशील मोर्चा यूएईका अध्यक्ष काशी काफ्ले र महासचिव उत्तम विकद्धारा जारी गरिएको विज्ञप्तीमा जनयुद्धले लक्षित गरेको देश तथा जनतालाई उत्पीडनबाट मुक्त गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्य संकट परेको भन्दै सहिद वेपत्ता योद्धा, घाइते अपाङ्गसहित सम्पूर्ण जनताले त्याग, विरता, बलिदानलाई आत्मसाथ गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभियानमा विश्रृखलित माओवादी आन्दोलन एकताबद्ध भएर अगाडी बढाउन आग्रह गरिएको छ ।

‘बीसौं महान् जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा सम्बन्धित सबैप्रति क्रान्तिकारी अभिवादन र शुभकामना व्यक्त गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रशर्दनमा निरन्तर क्रान्तिको यात्रामा अविचलित भई दृढतापूर्वक अगाडि बढ्ने प्रण गर्न सम्पुर्णमा नेपाली जनप्रगतिशील मोर्चा युएई हार्दिक आव्हान गर्दछ ।’ विज्ञप्तीमा उल्लेख छ ।