काठमाडौं, २ फागुन । नेपालमा एक वर्षमा पाँच करोडभन्दा बढी संख्यामा कन्डम खपत हुने गरेको पाइएको छ ।
पछिल्लो समय यौनसम्बन्धी विभिन्न रोग र एचआइभी एड्सजस्ता रोगको संक्रमणका विषयमा जनचेतना बढेका कारण कन्डम प्रयोगकर्ताको संख्या बढ्दै गएको हो ।
सरकारले प्रत्येक वर्ष साढे दुई करोड कन्डम निःशुल्क वितरण गर्दै आएको त्यस्तै निजी क्षेत्रबाट पनि त्यतिनै संख्यामा बिक्री हुने गरेको एक सर्वेक्षणले देखाएको छ ।
देशका प्रमुख छ सहरमा युनाइटेड नेसनल पपुलेसन फन्डले कन्डमको प्रयोगबारे अध्ययन गरेको राजधानी दैनिकले छापेको छ ।
कन्डम प्रयोग गर्नेको संख्या बढे पनि गुणस्तरीयता भने प्रयोगकर्ताले ख्याल नगरेको पाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ।
फन्डले काठमाडौं, पोखरा, नेपालगन्ज, महेन्द्रनगर, बुटवल, जनकपुर र विराटनगरमा अध्ययन गरेको थियो ।















प्रतिक्रिया