२९ आश्विन २०८३, बिहिबार

पैँतीस हजार युवालाई रोजगारी दिने उद्योग मन्त्रीको योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetकाठमाडौं, १ फागुन । उद्योग मन्त्री महेश बस्नेतले स्वदेशी र विदेशी उद्योग पूर्ण रुपमा सञ्चालनमा आए ३५ हजार बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिन सकिने बताउनुभएको छ ।

मन्त्री बस्नेतले नेपालमा विदेशी लागनीकर्ताले रु ८० अर्ब लगानीमा १५० वटा उद्योग सञ्चालन गर्न अनुमति पाएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वदेशी लगानीकर्ताको सवा करोड रुपैयाँको लगानीमा ३०० वटा उद्योग सञ्चालनमा आउने छन् ।

प्रस्तावित ती उद्योग सञ्चालनमा ल्याउन सकिए युवा विदेश पलायन हुनबाट रोकिने र त्यसका औद्योगिक नीति संशोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उद्योग मन्त्रालयले १०२ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको पनि उहाँले उल्लेख गर्नुभयो ।