१ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीका लागि युवतीहरू चिनिया नागरिकसँग विहे गरेर चीन जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubati Mahila Bihe Chinकाठमाडौं, १ फागुन । तनहुँकी एक युवती अहिले राजधानी बसेर चीन जाने तयारी गरिरहेकी छन्।

रोजगारका लागि छिमेकी देश चीन लैजाने सपना देखाएर एजेन्टले नै उनलाई राजधानी बोलायो र झटपट चिनियाँ नागरिकसँग बिहे पनि गराइदियो।

तर, ती युवतीलाई चिनियाँ भाषा आउँदैन। न बुझिछन् न बोल्नै सक्छिन्।

तिनलाई यत्ति थाहा छ, अबको केही दिनमै चिनियाँ दुलाहाले विदेश पुर्यौउनेछ। र, चिनियाँ सहरमै तिनको नयाँ करिअर सुरु हुनेछ।

ती युवती मात्र होइन, अन्य ९ जना नेपाली युवती पनि चिनियाँ पुरुषसँग विवाह गरेर चीन उड्ने दिन कुरिरहेका छन् ।

उनीहरु सबै एकसाथ चीन जानेछन् तर सबै एकै सहर होइन, कोही राजधानी बेइजिङ त कोही कुन्मिङ, कोही सांघाई त कोही हुयान।

चीन प्रवेश गरेपछि कहाँ बस्ने, के काम गर्नेरु उनीहरु कसैलाई पनि पत्तो छैन।

जिन्दगीभर सँगै जिउनुपर्ने दुलाहा–दुलहीबीच विवाहअघि के के कुरा मिल्नुपर्छरु परम्पराअनुसार केकस्तो तयारी गर्नुपर्छरु

‘एक–अर्काको भावना, रहनसहन, भाषा, संस्कृति, खानपान। उनीहरुलाई त्यो पनि मतलब छैन।

‘अब हाम्रो ग्रुपमा एक जना चिनियाँ केटो बाँकी छ उसको पनि विवाह भएपछि सबैजना सँगै चीन जाने हो,’ तनहुँकी २१ वर्षीया अर्चना तामाङ (परिवर्तित)ले भनिन्, ‘भाषा उतै गएर सिक्ने हो।’

काठमाडौंमा अहिले यस्ता नेपाली युवती र चिनियाँ युवकबीच विवाह भइरहेको छ जसले न एकअर्कालाई विवाह हुनु साताअघिसम्म देखेकासम्म थिएनन्। कुराकानी त एकअर्काका भाषा बुझे पो१

भावना साटासाट गर्न उनीहरु तेस्रो साझा भाषा पनि जान्दैनन्।

नेपाली युवतीले बोलेको नेपाली भाषा चिनियाँ युवकले बुझ्दैनन् चिनियाँ युवकले बोलेको चिनियाँ भाषा नेपाली युवतीले। तै पनि नेपाली कलिला युवती धमाधम चिनियाँ युवकसँग अदालती विवाह (कोर्ट म्यारिज) गरिरहेको समाचार नागरिक दैनिकले छापेको छ ।

यसरी विवाह गर्ने नेपाली युवती आफ्नो विवाहबारे आफन्तलाई समेत बताउँदैनन्।

कसैले थाहा पाएर सोधिहाले ‘लभ म्यारिजु (प्रेम विवाह) भन्छन्। कसरी भेट भयो केटासित भनेर सोधे जिमेल, फेसबुक र भाइबारमार्फत कुराकानी गर्दा प्रेम बसेको बताउँछन्।

तर उनीहरुलाई कुन भाषामा कुरा गरेको भनी सोधियो भने अक्क न बक्क पर्छन्।

चीनमा फेसबुक र भाइबरले काम गर्दैन भन्ने पनि पत्तो छैन यी अबलालाई।

पछिल्ला दिन राजधानीमा नेपाली युवतीलाई चिनियाँ युवकसँग कानुनी विवाह गराएर चीन पुर्यानउने एजेन्टको गिरोह नै सक्रिय देखिएको छ।

आपसमा अपरिचित, एकअर्काको भाषा नबुझ्ने यस्ता नेपाली कलिला युवती र चिनियाँ पुरुषबीच विवाह गराउन नेपाल र चीन दुवै देशमा एजेन्टको गिरोह नै सक्रिय देखिन्छ।

एजेन्टले विभिन्न प्रलोभन देखाई नेपाली युवतीको विवाह चिनियाँ पुरुषसँग गराउने गरेका छन्।

यसबापत एजेन्टले चिनियाँ पुरुषसँग १९ लाख र नेपाली युवतीसँग १ लाख रुपैयाँ गरी २० लाख रुपैयाँसम्म असुल्छन्।

त्यसपछि प्रक्रियामा लाग्ने नागरिकतादेखि राहदानी बनाउनेसम्मको खर्च एजेन्टले नै बेहोछन्। विवाह पनि एजेन्टले नै गराइदिन्छन्।

विवाहमा साक्षी बस्ने पनि एजेन्ट, आफन्त बन्ने पनि एजेन्ट।

तामाङले आफू महाराजगन्जस्थित एक एजेन्ट (कोरियन अफिस) को कार्यालयमार्फत विवाह गरी चीन जान लागेको बताइन्।

तर उक्त कार्यालय महाराजगन्जमा कहाँनेर छ र त्यसको सञ्चालकबारे भने केही बताउन चाहिनन्। ‘हामीभन्दा अघि तीन ग्रुप गइसके। एउटा ग्रुपमा १५ जनासम्म हुन्छन्,’ उनले भनिन्।

चिनियाँ पुरुषसँग विवाह गर्न भनेर उनी १५ दिनअघि मात्र काठमाडौं आएकी थिइन्। आएको तीन दिनमै उनले चिनियाँ पुरुषसँग कोर्ट म्यारिज गरिन्। आफूसँग कोर्ट म्यारिज गर्ने केटोले १९ लाख र आफूले १ लाख रुपैयाँ एजेन्टलाई दिएको उनले बताइन्।

आफूले एजेन्टलाई दिएको १ लाख रुपैयाँ पनि चिनियाँ पुरुषले नै उपलब्ध गराएको उनले सुनाइन्। ‘विवाह गराइदिएबापत एजेन्टलाई २० लाख रुपैयाँ बुझाउनुपर्छ। यो उनीहरुको रेट नै हो,’ तामाङले भनिन्।

उनका अनुसार केटाकेटी दुवै काठमाडौं आइपुगेपछि उनीहरुलाई ठमेलस्थित विभिन्न होटलमा राखिन्छ। बिहे गर्न आएका चिनियाँ पुरुष सबै धनाढ्य र उद्योगपति भनेर चिनाइन्छ।

त्यति मात्र होइन, युवतीले बस्ने, खाने, घुम्ने र पकेट खर्च पनि एकदेखि ३ लाखसम्म चिनियाँ दुलाहाबाटै पाउँछन्।

‘कोर्ट म्यारिज गरे पनि नेपालमा बस्दासम्म सँगै सुत्नुपर्दैन। चीन पुगेपछि आफ्नो इच्छा,’ अर्चनाले सुनाइन्। चिनियाँ पुरुषसँगै विवाह गर्नुको कारण र चीन गएपछि के गर्ने भन्नेचाहिँ उनले खुलाउन चाहिनन्। उनले भनिन्, ‘महिनाको ४० हजार रुपैयाँ नेपाल पठाइदिन्छु भनेको छ।’

चिनियाँसँग विवाह गरेपछि चिनियाँ भिसा सहजै लाग्छ। भिसाका लागि जिल्ला प्रशासन कार्यालयले जारी गर्ने विवाहको प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट प्रमाणीकरण गरेपछि बिनाझन्झट चिनियाँ भिसा लाग्ने उनले जनाइन्।