१ कार्तिक २०८३, आइतबार

लुम्बिनीमा के गर्दैछिन् भारतीय नायिका ईशा देवल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Isha-Dewalरूपन्देही, १ फागुन । भारतीय अभिनेत्री ईशा देवल बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आएकी छन्।

भारतीय टेलिभिजन एमटीभीबाट प्रसारण हुने ‘रोडिज एक्स टु’ रियालिटी सो कार्यक्रमको छायांकनका लागि टोलीसहित उनी लुम्बिनी आएकी हुन्।

भारतीय सहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै नेपालको सीमानाका बेलहियाबाट बुधबार साँझ करिब ८ बजे उनी लुम्बिनी पुगेकी थिइन्।

धार्मिक स्थल अयोध्यामा ‘रोडिज एक्स ट’ कार्यक्रमको सुटिङ सम्पन्न गरी थप सुटिङका लागि उनी लुम्बिनी आएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

उनका साथै बक्सिङ खेलमा भारतका ओलम्पिक पदक विजेता विजेन्द्र सिंहसहित रोडिज सोको टोली लुम्बिनी आएको छ।

सन् २०१४ मा रिलिज भएको भारतीय हिन्दी कथानक चलचित्र ‘फगली’मा सिंहले मुख्य भूमिका निर्वाह गरेका थिए। लुम्बिनीमा दस दिनसम्म छायांकन चल्ने बताइएको छ।

सन् २००२ मा बनेको ‘कोही मेरे दिल से पुछे’ चलचित्रबाट बलिउडमा पाइला राखेकी ईशा चर्चित अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीकी छोरी हुन्।