२९ आश्विन २०८३, बिहिबार

मोरङमा सुन पसलमा आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ माघ । मोरङमा आज बिहान एक सुन पसलमा आगलागी भएको छ ।

सोराभाग–३ को कर्सिया बजारस्थित सत्यनारायण साहको घरमा मनोज सहनीले सञ्चालन गरेको सुन पसलमा बिहान ३ः३० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्युत् प्रवाहका कारण भएको सो आगलागीबाट रु तीन लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय, दमकल र प्रहरीको सहयोगमा सो आगो बिहानै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस