१ कार्तिक २०८३, आइतबार

सेनाले पूराना हेलिकप्टर र जहाज बिक्री गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal_Airforceकाठमाडौं, २९ माघ । नेपाली सेनाले ग्राउन्डेड अवस्थाका पुराना हेलिकोप्टर तथा जहाज बेच्ने तयारी गरेको छ ।

मर्मत र बिमामा बर्षेनी करोडौं रकम खर्चनुपर्नेपछि उपयोगमा नआएका आठवटा हेलिकोप्टर तथा जहाज सेनाले बेच्न लागेको हो ।

हाल ग्राउन्डेड अवस्थामा रहेका एचएस ७४८ एभ्रो, बिएन २ टी आइल्यान्डर, एसए ३१५ लान्सर, एमआई १७ भी ५, एसए ३१५ ए चिता, एएस ३५० बी ३ इकुरिउल, बिएन २ टी आइल्यान्डर र एएलएच २ बेच्न लागेको हो ।

ती जहाज बेच्न सेनालाई रक्षा मन्त्रालयले दुई साताअघि नै स्वीकृति दिइसकेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

सेनाले बिक्री गर्नुपर्ने जहाजको लागतसहित प्राविधिक जाँच भइरहेको जनाएको छ ।

जहाज पूरै काम लाग्ने अवस्थामा नभए पनि त्यसका पार्टपुर्जा बिक्रीका लागि हेलिकोप्टर कम्पनीलाई अन्तर्राष्ट्रिय टेन्डर आह्वान गर्न लागिएको हो ।