१ कार्तिक २०८३, आइतबार

भारत भएर तेस्रो मुलुक रोजगारीमा जानेहरूका लागि नो अब्जेक्सन पत्र अनिवार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

India-Ma-Nepali-Dutabasकाठमाडौं, २९ माघ । भारत भएर तेस्रो मुलुक जाने नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन पत्र अनिवार्य गरिने भएको छ ।

विश्वको विभिन्न मुलुकहरुमा नेपालीहरु (विशेष महिलाहरु) भारतीय बाटो हुदै अवैध रुपमा जान थालेपछि त्यसलाई निरुत्साहीत गर्न दुवै मुलुकका गृहप्रशासनले यस्तो सहमति गरेको हो ।

मानव बेचविखनमा सक्रिय गिरोहले भारतबाट विभिन्न रुट बनाउदै नेपालीहरुलाई अमेरिका, अफ्रिका र अरब मुलुकसम्म पुर्‍याउने र विचल्ली बनाउने गरेपछि त्यसको निराकरण गर्न खोजिएको ढकालले बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘नेपालीलाई मानव तस्करीबाट रोक्न एउटा संयन्त्र आवश्यक पर्ने भएपछि यो उपाए अवलम्बन गरिएको हो,’ उनले भने ।

भारतलाई ट्रान्जीट बनाएर जानेहरुको हकमा यो लागू हुनेछैन ।

बुधबार पोखरामा सम्पन्न नेपाल भारत सीमा ब्यवस्थापन सम्वन्धी संयुक्त कार्यदलको ११ औं बैठकले त्यस्तो निर्णय गरेको हो ।