१ कार्तिक २०८३, आइतबार

हिमानी पति भेट्न थाइल्याण्ड जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himaniकाठमाडौं, २९ माघ । लागूऔषध कारोबारको आरोपमा करिव डेढ महिनादेखि थाइल्याण्डको उदुङखानीमा जेलजीवन विताइ रहेका पूर्वयुवराज पारसलाई भेट गर्ने योजनाका साथ हिमानी आज थाइल्याण्ड जाँदै छिन् ।

जेलमा बस्दा परिवारको साथ नपाएकोमा पारस स्वयमले दुख ब्यक्त गरेपछि उनी थाइल्याण्ड जान लागेको समाचार नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

पारसलाई सहयोग गर्न धीरेन्द्र पुत्री दिलासा थाइल्याण्डमै रहेता पनि आर्थिक अभाव र मद्धा फैसलाका लागि रकम ब्यवस्था गर्ने गरी पारस पत्नी हिमानी थाइल्याण्ड जान लागेकी उच्च स्रोतले जनायो । उनी १ बजे थाइ एयरलाइन्सबाट त्यसतर्फ जाने कार्यक्रम छ ।

पारसले केही नेपालीसँग भेट गर्न जादाँ आफूलाई परिवारका मान्छे भेट गर्न नआएको गुनासो पोखेपछि नेपाली र आफन्तको आग्रह अनुसार हिमानी पारसलाई भेटन जान लागेकी हुन् ।