२९ आश्विन २०८३, बिहिबार

कस्तो छ सिम्रिक एयरको ‘भ्यालेन्टाइन डे’ विशेष उपहार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Valentines Day Love Wallpaper

काठमाडौं, २८ माघ । नेपालकै चर्चित हवाई उडान कम्पनी सिम्रिक एयरलाइन्सले प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे को अवसरमा यात्रा गर्ने जोडीलाई विशेष उपहारको व्यवस्था गरेको छ ।

उसले विशेष पर्वतीय उडान पनि गर्दैछ । सिम्रिकले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै हरेक बर्ष यस्तो उडान गर्दै आएको हो । टिकटमा पनि आकर्षक छुटको व्यवस्था गरिएको छ । सहुलियतमा घुम्न चाहने जोडीका लागि यस्तो सुविधा दिइएको हो ।

प्रत्येक जोडीका लागि विशेष सहुलियत दरमा उडान गर्ने छ । काठमाडौंबाट हुने माउन्टेन उडानका लागि १५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । उडान गरेवाफत विशेष उपहार पनि पाइनेछ ।

त्यस्तै पोखरा माउन्टेन फ्लाइटका प्रत्येक जोडीको भाडा दर १० हजार ९ सय ९९ रुपैयाँ रहेको छ । साथै सो दिन माउन्टेन फ्लाइटका जोडीहरुलाई विशेष उपहार समेत प्रदान गरिने बताइएको छ । अन्य एयरलाइन्सले पनि विशेष छुटको व्यवस्था गरेको जनाएका छन् ।