२९ आश्विन २०८३, बिहिबार

४७ लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banana-Keraधनगढी, २८ माघ । कैलालीको फूलबारी–९ मा एक लघु उद्यमीले रु ४७ लाखको लागतमा केराको बेर्ना उत्पादन सुरु गरेका छन् ।

स्थानिय रामप्रसाद थारुले टिस्युकल्चर प्रविधिबाट केराको बेर्ना उत्पादन सुरु गरेका हुन् । सिृजनशील घरेलु उद्योगले साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना ९रिजम० को कृषि अनुदान सहयोगमा बेर्ना उत्पादन सुरु गरिएको हो ।

रु ३० लाख बराबरको केराको बेर्ना उत्पादन लक्ष्य लिएको उद्योगले कैलालीका विभिन्न क्षेत्रमा बिक्री वितरण गर्नेछ । रिजमबाट २६ लाख ६४ हजार ४८६ अनुदान र उद्योगका तर्फबाट २० लाख ५३ हजार ७२३ को लगानीमा सो उद्योग सुरु गरिएको सेवा प्रदायक संस्था सेवक नेपाल कैलाली संयोजक यज्ञराज अवस्थीले जानकारी दिनुभयो । रासस