३० आश्विन २०८३, शुक्रबार

इबोला भाइरसलाई अमेरिकामा रोकियो, दश हजार बढीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ebola_virus_health_worker

वासिङ्टन, २८ माघ । दक्षिण अफ्रिकामा इबोलको प्रकोपका कारण त्यहाँ खटिएका सबै अमेरिकी सैनिक आगामी अप्रिल ३० सम्ममा घर फर्किने अमेरिकी रक्षामन्त्रालय पेन्टागनले मङ्गलबार जानकारी दिएको छ ।

विगतका कयौं महिनादेखि अमेरिकी प्रतिरक्षा मन्त्रालयले इबोला उपचारमा संलग्न समूहको जीवन रक्षाका लागि आवश्यक सहयोगसहितका साधन र सयौँ स्थानीय र अन्तराष्ट्रिय तालिम प्राप्त स्वास्थ्यकर्मी दक्षिण अफ्रिका पठाएको थियो ।

अब ती सैनिकको समूह नै स्वदेश फर्किन लागेको पेन्टागनका प्रेस सचिव जान किर्बेले बताउनु भएको छ ।
इबोला प्रकोप नियन्त्रणको लागि दुई हजार ८०० अमेरिकी सैनिक पश्चिम अफ्रिकामा पठाइएको र ती मध्ये १५ सय पर्किसकेका र बाँकी रहेका पनि आगामी ३० अप्रिलबाट फर्किने पेन्टागनले जानकारी दिएको हो ।

यसैबीच आगामी दिनमा इबोला उपचारका नयाँ कार्यक्रमहरुका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले नयाँ घोषणा गर्न लाग्नुभएको छ । इबोलाबाट हालसम्म दश हजार बढी मानिसको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।