काठमाडौं, २८ । नेपालमा बैंक तथा वित्तीय क्षेत्र धमाधम गाभिने (मर्जर) सिलसिला जारी रहँदा पहिलोपटक दुई अस्पताल पनि मर्ज भएका छन् ।
पोखरास्थित बुद्ध हस्पिटल एण्ड रिसर्च सेन्टर र पद्यम नर्सिङ होम मर्ज भएका हुन् । बुद्धको ६ करोड र पद्यमको ३ करोडको लगानी गाभिएर नयाँ अस्पतालको लगानी ९ करोड पुगेको पद्यम अस्पतालका निर्देशक नरेन्द्र बास्तोलाले जानकारी दिनुभयो ।
दुबै अस्पतालको सेयर सदस्यहरुको साधारणसभाले अस्पताल नाम तय गर्ने भएको छ ।














प्रतिक्रिया