शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

करोडौंका आयआर्जन परियोजनाले घटाउदै गरिबी

दैनिक नेपाल २०७१ माघ २७ गते १६:५१

चितवन, २७ माघ । चितवनको विकट गाविस कोराकमा गरिबी निवारण गर्नै लक्ष्यसहित एउटा संस्थाले रु तीन करोडको दुई वर्षे परियोजना सञ्चालन गरेको छ ।

उक्त परियोजनाका कारण स्थानीयको आयआर्जन तथा शैक्षिक एवम् सरसफाई चेतनामा वृद्धि भएको कोराक गाविस–८ चिप्लेटिकी श्रीमायाँ चेपाङले बताउनुभयो । उक्त सहयोगले आफूले मात्रै योवर्ष तीन क्विन्टल गोलभेँडा बेचेको उहाँले बताउनुभयो । विक्रीवाट च्याउ र साग गरी करिब रु आठ हजार कमाएको उहाँले बताउनुभयो ।

उक्त क्षेत्रमा चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको छ । एकहजार २०० भन्दा बढी घरधुरी रहेको सो गाविसमा नौ हजार जनसङ्ख्या छ । अहिले आफूहरुले विभिन्न खेती किसानी गरेर आम्दानीसमेत गर्न थालेको श्रीमायाँले बताउनुभयो ।

परियोजनाले यहाँका स्थानीयलाई समूह गठन गर्नलगाई आयआर्जनका कार्यक्रम तथा सरसफाईका कार्यक्रममा सहभागी गराएको छ । नेपाल ग्रामीण पुनःनिर्माण संस्था आरआरएनले यहाँ रु तीन करोडको एकीकृत ग्रामीण विकास तथा प्राकृतिक संरक्षण परियोजना ल्याएको हो ।

उक्त परियोजनाले कोराकमा आठवटा सिचाइँ आयोजना, २५ किलोमिटर सडक निर्माण, चारवटा सामुदायिक केन्द्र स्थापना गरेको छ । यस्तै ५३३ जनालाई आयआर्जनमा सक्रिय गराएको र करिब १०० जनालाई तालिम उपलब्ध गराएको गराउन सफल भएको आरआरएनका परियोजना निर्देशक वीरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित