शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बिनोद चौधरी फेरि पनि अर्बपतिको सूचीमा, २० अर्ब सम्पत्ति थपियो (अर्बपतिको सूचीसहित)

दैनिक नेपाल २०७१ माघ २७ गते १६:३९

Binod-Chaudhary

काठमाडौं, २७ माघ । नेपाली उद्योगपति विनोद चौधरी फेरि पनि विश्वकै धनीको सूचीमा परेका छन् ।

अमेरिकी पत्रिका ‘फोर्ब्स’ ले मंगलबार सार्वजनिक गरेको सन् २०१५ का अर्बपतिहरूमा फेरि पनि चौधरीलाई समावेश गरेको हो। फोर्ब्सले हरेक बर्ष विश्वका धनीहरूको सूची प्रकाशित गर्ने गर्छ । चौधरी अर्बपतिको सूचीमा परेको यो तेस्रोपटक हो । उनी अर्बपतिको सूचीमा परेका एक्ला नेपाली हुन् ।

यसपटक भने चौधरीको सम्पत्ति २० अर्ब रुपैयाँले बृद्धि भएको फोर्ब्सले जनाएको छ । चौधरीको सम्पत्ति १ अर्ब ३० करोड अमेरिकी डलर अर्थात १ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।

सम्पत्ति बृद्धिसँगै उनी १५९ स्थान माथि उक्लन सफल भएका छन् । १३०६ औं स्थानमा रहेका चौधरी यसअघि १४६५ औं स्थानमा थिए । त्यसबेला उनको सम्पत्ति १ अर्ब १० करोड डलर थियो ।

चौधरी ग्रुपका अध्यक्ष समेत रहेका बिनोद चौधरीले वाइवाई चाउचाउ, नेपालको नबिल बैंक, एसिया र अफ्रिाका विभिन्न देशमा होटल संचालन गरिरहेका छन् ।

को-को छन् अर्बपतिको सूचीमा ?

अमेरिकाका बिल गेट्स यसपटक पनि पहिलो स्थानमा छन् । उनको सम्पत्ति ७८.७ अर्ब अमेरिकी डलर बराबर छ।

अमेरिकाकै वारेन बफेट दोस्रो स्थानमा छन् । उनको सम्पत्ति ७३.२ अर्ब डलर छ । तेस्रो स्थानमा भने  तेस्रो मेक्सिकोका कार्लोस स्लिम हेलु छन् । उनको सम्पत्ति ७०.९ अर्ब डलर रहेको छ ।

विश्वका टप टेन अर्बपतिमध्ये ६ जना अमेरिकाका छन् । एसियाबाट हङकङका लि का शिंग १४ औं नम्बरमा परेका छन् । उनको सम्पत्ति ३५ दशमलव ५ बिलियन डलर बराबर छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग १७ औँ, गुगुलका सिइओ ल्यारी पेज १८ औं र गुगलका स्पेसल प्रोजेक्सका निर्देशक सार्गेइ ब्रेन २० औं स्थानमा परेका छन् । यसैगरी, साउदी अरबका राजकुमार ३० औं, भारतका मुकेश अम्बानी ३६ औं स्थानमा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित