शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

सिटिसी मोबाइल बजारमा कारोबार सुरु, ग्राहकलाई विशेष छुट

दैनिक नेपाल २०७१ माघ २७ गते १६:१६

mobile4jpg

काठमाडौं, २७ माघ । राजधानीको सुन्धारा मार्केटमा मंगलबारदेखि सिटिसी मोबाइल बजार सञ्चालनमा आएको छ ।

ग्राहकलाई नयाँ नयाँ सेवा दिने उद्देश्यले सुन्धार स्थित सिटिसी मलमा सिटिसी मोबाइल बजारले कारोवार सुरु गरेको हो । नयाँ कारोवार सुरु गरेको सिटिसीले ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।

कम्पनीमा पनि ३० देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिप मान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सिटिसी बजारमा सबै कम्पनीका मोबाइल सेटहरु सुपथ मूल्यमा पाइनेछन् ।

mobile

बजारको विशेष पूजाअर्चना गरी उद्घाटन गरिएको छ । १८ जना ब्राम्मणले लघु रुद्री तथा बास्तु पुजन गरेर बजारलाई विधीवत रुपमा सञ्चालनमा ल्याइएको हो । पूजाअर्चनामा काठमाडौंको न्युरोडस्थित श्री निर्मल बिद्यापीठका नौ जना बालिकामाथि कन्या पुजा समेत गरिएको थियो ।

mobile2मोबाइल बजार अन्तर्गत चौथो तल्लाका लगभग सबै पसल सञ्चालनमा आएका छन् । भने बजारको पाँचौ तल्लामा विभिन्न १७ मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर निर्माण गरिरहेका छन् ।

मोबाइल क्षेत्रमा ख्याती कमाएका व्यवसायीबाट सञ्चालन भएको यस मोबाइल बजारमा १ हजार रुपैयाँदेखि लाखौ मूल्य पर्ने नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटहरु बिक्री वितरण भइरहेको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिप मान श्रेष्ठले बताउनुभयो ।

सिटिसी मलको चौथो तल्लामा ब्राण्डेड मोबाइल तथा मोबाइल केयरले कारोवार गर्दै आइरहेका छन् । केहि दिन भित्रै ग्राण्ड ओपनिङ सहित भब्य मोबाइल मेला गर्न लागेको र तयारी अन्तिम चरणमा पुगेको बजारका महासचिव केशव राज लुँइटेलले जानकारी दिनुभयो । मोबाइल बजारमा २२ जना प्रमोटर छन् । सिटिसीले करोडौ लगानीमा बजार सञ्चालन गरेको हो ।

बजारको तेस्रो तल्लामा गोलाप्रथाद्धारा स्टल बितरण गरिएक छन् । सिटिसीले केहि दिनभित्रै तेस्रो तल्ला पनि मोबाइल बजार विस्तार गरी सञ्चालनमा ल्याउने सचिव आविष्कारलाल श्रेष्ठले बताउनुभयो । छोटो समयमै बजारमा कारोबार सुरु गरेका द वल्र्डभिजन प्रालिका अध्यक्ष संगम राइले आफ्नो आउटलेटमा भएको कारोबार सन्तोषजनक रहेको बताउनुभयो ।

mobile3jpg

२ दर्जन बढी पसलले बजारमा कारोबार सुरु गरिसकेको र बुधबारबाट प्राय सबै पसल सञ्चालनमा आउने सिटिसी मोबाइल बजारका कोषाध्यक्ष मनोज सायमीले जानकारी दिनुभयो ।

पाकिङको सुबिधा, २४ सै घण्डा लिफ्टको सुबिधा भएका कारण यो बजार छोटो समयमै मोबाइल पारखीहरुमाझ आकर्षणको केन्द्र बन्ने सिटिसीको बजारको विश्वास छ ।

एकै छानामा १ सय भन्दा बढी मोबाइल पसल तथा १७ भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको मोबाइल बजारका उपाध्यक्ष माधब रोकाहाले जानकारी दिनुभयो ।

mobile1

सिटिसी मोबाइल बजारभित्र स्तुती इन्टरनेशनल, गणपति कि इलोक्ट्रोनिक्स, बेस्टबाइ मोबाइल हब, द फोन स्टोर, फेसबुक मोबाइल स्टेशन, जिन्नी मोबाइल सप, कलमी मोबाइल, ग्रीन एप्पल, सिएन ब्रदर्श, द वल्र्डभिजन प्रालि, सेल फो यु, स्मार्ट इलेक्ट्रोनिक्स, हाइटेक सेन्टर, फ्रेण्डली मोबाइल हब, सिटी मोबाइल हब, अनुकृती मोबाइल सोरुम लगायत २ दर्जन बढी पसल सञ्चालनमा छन् ।

बजारमा पहिलो पसल स्थापना गरी कारोबार गरिरहेको स्तुती इन्टरनेशनलका प्रबन्ध निर्देशक खगेश्वर ढकालले बजारको सुरुवाती कारोबारबाट सन्तुष्ट भएको बताउँदै निकट भबिष्यमै बजारले गती लिने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय युवाहरुमा मोबाइल आकर्षण बढेपछि नयाँ नयाँ मोबाइलहरु बजारमा आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित