३० आश्विन २०८३, शुक्रबार

दिल्लीमा केजरीवालको ‘आम आदमी’ बहुमतले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarbinda-kageriwal

नयाँदिल्ली, २७ माघ । भारतको दिल्लीमा सम्पन्न विद्यानसभा चुनावमा आम आदमीपार्टीले स्पष्ट बहुमत ल्याउदै विजयी भएको छ । भारतीय निर्वाचन आयोगले केहीबेर अगाडी केजरीवालको पार्टी आम आदमीलाई बहुमतले विजयी भएको घोषणा गरेको हो ।

दिल्ली विधानसभा निर्वाचनमा आम आद्मी पार्टीका तर्फबाट मुख्यमन्त्रीका उम्मेद्वार अरविन्द केजरीवाल पनि विजयी भएका छन्।

कुल ७० सिटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले ६७ सिटमा जित हात पारेको छ । भने, बाँकी ३ सिट भाजपाको भागमा परेको छ । कांग्रेसले १ सिट पनि जितेको छैन् । यो संगै लोक सभा चुनावमा बहुमत ल्याएको भाजपा र वर्षाेदेखि शासन चलाउदै आएको कंग्रेसले नराम्रो संग लाजमर्दाे हार व्यहोरेका छन् ।

भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्रीका उम्मेद्वार किरण वेदी कृष्णनगर चुनाव क्षेत्रबाट आम आद्मी पार्टीका एसके बग्गासंग २४ सय ७६ मतले पराजित भएकी छिन् ।