१ कार्तिक २०८३, आइतबार

नेपाली युवतीको भारतमा बलत्कारपछि ढुंगाले हानेर हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_victim_bravery balatkarकाठमाडौं, २७ माघ । उपचार गर्न भारत पुगेकी नेपाली युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोमबार आठ अभियुक्तलाई पक्राउ गरेको छ ।

मानसिक समस्या भएकी ती युवतीलाई ढुंगाले टाउकोमा हानेर अचेत भएपछि सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

यो घटना प्रकाशमा आएपछि भारतभर उग्र रोष प्रकट भएको थियो ।

प्रहरी महानिर्देशक यसपाल सिंघलले पक्राउ परेका आठमध्ये एक नेपाली मुलका भएको बताएका छन् ।

सन्तोष नामका ती युवक सामुहिक बलात्कारका अर्का आरोपीको पसलमा काम गर्ने बताइएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

बाकी सातजना हरियाणाको रोहतक सहर नजिकको गाउका बीसदेखि ३० वर्षउमेर समुहका युवा भएको बताइएको छ । घटनामा संलग्नमध्ये एक अझै फरार छन् ।

२८ वषिर्या ती युवती उपचारका लागि भारत पुगेकी थिइन् । उनी रोहतकमा दिदीसंग बस्दै आएकी थिइन् । गएको फेब्रुअरी १ देखि उनी बेपत्ता थिइन् ।