१ कार्तिक २०८३, आइतबार

चन्द माओवादीले पार्टी सदस्यहरूलाई सैन्य तालिम दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौं, २७ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले पार्टीका प्रत्येक सदस्यलाई सैन्य तालिम दिने निर्णय गरेको छ ।

उसले जनसेनाका रुपमा विकास गर्न सैन्य तालिम दिने निर्णय गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

केही दिनअघि राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले सबै सेना पार्टी र सबै पार्टी सेनाका रुपमा विकास गर्ने रणनीति बनाएको छ ।

एक पोलिटब्युरो सदस्यका अनुसार प्रत्येक सदस्यलाई जनसेनाको रुपमा प्रशिक्षण दिइनेछ ।