१ कार्तिक २०८३, आइतबार

उपत्यका भित्र केवलकार सञ्चालन हुने, ट्याक्सीभन्दा पचास प्रतिशत सस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २७ माघ । उपत्यकाको सडकमाथी केवलकार सञ्चालनको संभाब्यता अध्ययन अनुदानमा फ्रा न्स सरकारले गरिदिने भएको छ ।

फ्रान्स सरकारले अध्ययनका लागि एक कम्पनी छनौट गरि नेपालसंग सोमबार सम्झौता गरेको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका बरिष्ठ ईन्जिनियर तथा आयोजना संयोजक सुरेश पौडेल र फ्रान्स सरकारले छनौट गरेको कम्पनी फ्रेन्च ईन्जिनियरिङ कम्पनी कन्सोरसियमका अध्यक्ष पास्कल रोक्सबीच सोमबार सम्झौता भएको हो ।

सम्झौता समारोहमा मन्त्रालयका सचिब तुलसी सिटौला र नेपालका लागि फ्रान्सकी राजदुत मार्टिन बसेरियोको उपस्थीति रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘उपत्यकाको सडकमा बैकल्पीक यातायातको साधनको आबश्यकता थियो,’ सम्झौता समारोहमा सचिब सिटौलाले भने, ‘संम्भाव्यता अध्ययनको परिणाम पछि यसलाई सहयोग पुर्याउने छ ।’

वाताबरणमैत्री समेत हुने भएकाले सडकमाथिको केवलकार सञ्चालन प्रभावकारी हुने दावी गरिएको छ । सम्झौता अनुसधार उत्त कम्पनीले ९ महिनाभित्र अध्ययन गरिसक्नुपर्ने छ । उक्त सम्झौता दुवै देशको पहलमा भएको राजदुत बसेरियाले बताईन । ‘फ्रान्स नेपालमा लगानी बढाउन चाहान्छ,’ उनले भनिन् । उपत्यकाको सडकमाथी केवलकार निर्माणका लागि नेपाल तथा फ्रान्स दुवै देशका लगानीकर्ताले चासो देखाउदै आएका छन् ।

त्यसपछि मन्त्रालयले करिब ९ महिना अघि औपचारिक रुपमा पत्र लेखी अध्ययन गरिदिन फ्रान्स सरकारलाई अनुरोध गरेको थियो ।

सम्झौता अनुसार पहिलो चरणमा अध्ययन दुई फरक फरक रुटमा हुने छ । सोमबार सम्झौता समारोहमा जनाईए अनुसार नारायणगोपाल चोकबाट रत्नपार्क हुदै लखनखेल र अर्को कलंकीबाट चाबेल हुदै बौद्ध सम्मको अध्ययन गरिने छ । यि दुवै रुटको एउटा बिन्दु भने रत्नपार्क कायम गरिने छ ।

ट्राफिक जाम कम गर्ने र पर्यटन प्रबर्द्धन गर्ने भन्दै केवलकार सञ्चालन गर्न स्थापित ‘काठमाडौं एयर ट्रम एन्ड केवलकार प्राली’ले पनि यसबारे सरकारसँग चासो देखाएको थियो ।

उक्त कम्पनीले दुवै रुटमा पुर्व सम्भाब्यता अध्ययन गरिसकेको छ । ‘दुई देशबीच यसै कम्पनीका अध्यक्ष श्याम श्रेष्ठले निरन्तर दुइृ बर्षदेखि मध्यस्तताको गरिरहनु भएको थियो,’ सिटौलाले भने । श्रेष्ठ नेपाल फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष पनि हुन् । प्रारम्भीक अध्ययनबाट संभाबना देखिएको, निजी लगानीकर्ताले लगानी गर्न तत्परता देखाईसकेको र अध्ययनका लागि फ्रान्स सरकार समेत सकारात्मक देखिएकाले सबैको पहलमा मन्त्रालयले पत्राचार गरेको जनाएको छ ।

उक्त कम्पनीले गरेको पुर्व संभाव्यता अध्ययन अनुसार गाडीमा १ घण्टा लाग्ने बाटो केवलकारबाट १५ मिनेटमा पुग्न सकिने छ । उक्त कम्पनी फ्रान्स र नेपाली लगानीकर्ताबीचको हो ।

शहरमा केवलकार सञ्चालनमा फ्रान्स नै सफल मानिने भएकाले अध्ययन गर्न प्रस्ताब गरि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त प्रकृतिको यातायातको साधन नेपालमा मनकामना दर्शन प्रालीले चितवनको दारेचोकबाट गोरखाको मनकामना मन्दिर जानका लागि सञ्चालन गरिएको छ । थप आधा दर्जन भन्दा बढी कम्पनीहरुले विभिन्न जिल्लामा केबलकार सञ्चालनको तयारी थालेका छन् ।

सडकमाथी सञ्चालन गर्ने भनिएको केवलकारको प्रकृति पनि मनकामनाको जस्तै हो । व्यस्त सडकमाथी धेरैजसो विकसित मुलुकमा केवलकार सञ्चालन गरिएको छ ।

उक्त यातायातको साधन उपत्यकाका व्यस्त सडकमा सञ्चालन गर्न सके ट्राफिक जामको समस्या निकै घट्ने प्रस्ताब गरेको कम्पनीको दावी गरेको छ । प्रस्ताब अनुसार २ बर्षभित्र दुई रुटमा केबलकार सञ्चालन गर्न सकिने छ । निर्माण लागत करिब १३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

उक्त केवलकार अहिलेकै सडकको छेउमा छुट्टै खम्बा राखेर सञ्चालन गरिने छ । निश्चित दुरीमा यात्रु चढाउने र ओराल्न संरचना बनाउनुपर्ने हुन्छ ।

एक रुटमा कतिवटा डिब्बा हुने र कतिजना यात्रु अट्ने भन्ने बिषय यो अध्ययन प्रतिबेदन पछि मात्रै टुंगो लगाउने छ ।

कम्पनीको पुर्व संभाव्यता अध्ययन अनुसार सडकमाथी सञ्चालन गरिने केवलकारको भाडा भने अहिले सञ्चालन गरिरहेका सार्वजनिक सवारी साधन भन्दा केहि महंगो हुने छ । ट्याक्सीभन्दा पचास प्रतिशत सस्तो हुने प्रक्षेपण छ ।