टेक्सास, अमेरिका । नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्रले संयुक्त राज्य अमेरिकामा स्वस्थानी माताको पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
एनसिएससी अर्भिंग पूजा समितिले स्वस्थानी माताको पूजा एवं व्रत समापन विशेष रुपमा सम्पन्न गरेको हो । पौषशुक्ल पुर्णिमाका दिनदेखि सुरु भएर माघ शुक्ल पुर्णिमाका दिन सम्म गरिने पूजा समितिले अमेरिकामा शनिवार समापन गरेको हो ।
स्वस्थानी परमेश्वरी ब्रत कथा साङ्गेलाई पूजा गरी समापन गरिएको नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्रका संयोजक डा. मुरली अधिकारी तथा पूजासमिति संयोजक रमेश पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा महादेब पार्वती तथा स्वस्थानी झाँकी ब्यबस्थापन नेपाली म्युजिकल कल्चरल ग्रुपका संयोजक हरी थापाले गरेका थिए । भने, भजन क्रितन ब्यबस्थापन तुङ्गानाथ उपाध्यायले गरेका थिए ।
झाँकीमा प्रस्तुत शिब पार्वती साक्षात रुपमा प्रकट स्वरुपमा लिई दर्शन गर्ने र फोटो खिचाउने भने घुइचो थियो।
पूजा समापन कार्यक्रममा डेढ सय बढी भक्तजनहरुले सहभागिता जनाएका थिए । समितिले पशुपतिनाथको महानपर्ब शिबरात्रि पनि धुमधामसंग मनाउने जनाएको छ ।















प्रतिक्रिया