आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

जेठ दोस्रो साता उद्योग दिवस मनाउने सरकारको तयारी

दैनिक नेपाल २०७१ माघ २६ गते १६:४६

mahesh-basnetकाठमाडौँ, २६ माघ । जेठ दोस्रो मनाउने गरी सरकारले उद्योग दिवसको तयारी थालेको छ । उद्योग दिवसमा योगदान गरेका उद्योगी व्यवसायीलाई सम्मान गरिनेछ । सरकारले प्रत्येक वर्ष जेठ १३ गतेका दिनलाई उद्योग दिवसका रुपमा मनाउने तयारी गरेको छ ।

पहिलोपटक औद्योगिक व्यवसायी ऐन २०१८ जेठ १३ गते जारी भएको दिनलाई आधार मानेर सरकारले अब प्रत्येक वर्ष जेठ १३ गते उद्योग दिवस मनाउने निर्णय गरेको हो ।

उद्योग मन्त्री महेश बस्नेतले सोमबार यहाँ आयोजित समारोहमा सो दिवसका अवसरमा समग्र उद्योग क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने उद्योगीलाई सम्मानका साथै उत्कृष्ट उद्योगहरुलाई पुरस्कृत गरिने जानकारी दिनुभयो ।

उद्योग दिवसको अवसर पारेर सरकारले बृहत् औद्योगिक प्रदर्शनीको समेत आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

मुलुकमा दुई लाख २९ हजार ३०४ वटा साना तथा मझौला उद्योग दर्ता भएका छन् । त्यसैगरी, उद्योग विभागमा दर्ता रहेका ठूला, मझौला तथा विदेशी लगानीमा सञ्चालित उद्योगको सङ्ख्या पाँच हजार ८८८ रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित