३० आश्विन २०८३, शुक्रबार

कतार र कुवेतमा ईपिएस प्रणाली लागू !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

worker-nepaliकाठमाडौं, २६ माघ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन कतार र कुवेतमा ईपिएस प्रणाली लागू गर्ने तयारी थालेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु स्वदेशी तथा विदेशी दलालको ठगिको सिकार हुदै आएका कामदारको जिउ र धनको सुरक्षालाई मध्यनजर गर्दै प्रभावकारी नीति ल्याउन लागेको वैदेशिक रोजागर विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आगामी साउन महिनादेखी कतार र कुवेतमा ईपिएस प्रणाली लागु गर्ने तयारी भइरहेको छ । यद्यपी अहिले म्यानपावर व्यवसायीसँग छलफल भइरहेको छ । म्यानपावर व्यवसायीहरुले कतार र कुवेतमा ईपिएस प्रणाली लागू गर्न अवरोध नगरे साउन महिनादेखी लागु गरिने छ ।

यसअघि नेपालवाट दक्षिण कोरियाबाहेक अन्य मुलुकमा दलार्लमार्फत नेपाली कामदार जाने गरेका कारण कामदारको विचल्ली हुने गरेको छ । दक्षिण कोरियामा कामदारहरु इपिएसमार्फत जाने भएकाले ठगि नभएको भन्दै आगामी साउन महिनादेखी कतार र कुवेतमा ईपिएस प्रणाली लागु गर्ने निर्णय गरिएको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिनुभयो ।

विभागका अनुसार ति देशमा सरकारी तहमार्फत कामदारको माग ल्याई मुलुकमा सञ्चालित म्यानपावर कम्पनीविच स्वस्थ्य प्रतिस्पर्धा गराई टेन्डरमर्फत न्यून लागतमा कामदार पठाइने छ ।

त्यसैगरि वैदेशिक रोजगारीका सिलसिलमा मृत्यु भएका कामदारलाई भुक्तानी गरिदै आएको बिमा रकममा नेपाल सरकारले ५ प्रतिशत कर अषुल्दै आएकोमा आगामी साउन महिनादेखी उक्त कर पनि मिनाहा गरिने प्रावधान लागु हुने भएको छ ।