३० आश्विन २०८३, शुक्रबार

आपका नेता अरविन्द केजरीवालले दिए शपथ ग्रहणको निम्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aarbinda-kageriwal

नयाँदिल्ली २६ माघ । भारतको राजधानी दिल्लीमा सम्पन्न विधानसभाको चुनावपछि आम आदमी पार्टीले सरकार बनाउने तयारी सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी र विपक्षी दल कांग्रेसलाई पछि पार्दै चुनावमा निरन्तर जितको नजिक पुगेको आम आदमी पार्टीले सरकार बनाउने तयारी सुरु गरेको हो ।

चुनावको मतपरिणाम भोली मंगलबार सार्वजनिक हुँदै छ । तर विभिन्न सर्वेक्षणले आपलाई बहुमतले वियजी हुने आकलन गरेका थिए । सोही विश्वासका कारण आपका शिर्ष नेता अरविन्द केजरीवालले दिल्लीमा सरकार बनाउन तयारी सुरु गरेका हुन् ।

केजरीवालले यस्तो पनि गर्दैछन् । उनी मुख्यमन्त्रीको शपथ राजभवन होइन्, रामलीला मैदानमा लिने भएक छन् । उनले आम जनताको प्रतिनिधी भएकाले जनताकै सामने शपथ लिने घोषणा गरेका हुन् । जसका लागि रामलिला मैदान उपयुक्त ठानिएको छ ।

कुरा त के छ भने शनिवार अरविन्द केजरीवालको घरमा उनलाई दिल्लीको पञ्जाबी बागबाट एक परिवारले आफ्नो छोराको विहेका का लागि केजरीवाललाई निम्ता दिन गएका थिए । तर उल्टै केजरीवालले त्यो परिवारलाई १५ फ्ररवरीमा रामलीला मैदान आउन आग्रह गरे ।

अरविन्द केजरीवालले दिल्ली चुनावमा बहुमत ल्याए रामलिला मैदानमा शपथ लिनेछन् । अहिलेसम्मको नतिजाअनुसार केजरीवालको पार्टी फराकिलो मतअन्तरमा अगाडी छ ।