सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

पेट्रोलियम पदार्थको मूल्य बढाएर बेच्नेको यस्तो हालत

दैनिक नेपाल २०७१ माघ २६ गते ११:०५

Petrol-Pumpबागलुङ, २६ माघ । भनिन्छ पाप धुरीबाट कराउँछ । तर साँच्चै हुँदो रहेछ । पेट्रोलियम पदार्थ लुकाएर मंहगोमा बेच्ने एक व्यापारीको हालत पनि यस्तै भएको छ ।

डिजेलमा कालाबजारी गरेको आरोपमा यहाँका एक व्यापारी कारागार चलान भएका छन् । बागलुङको बुर्तिवाङस्थित अस्मिता पेट्रोलपम्पका सञ्चालक मनकुमार गुरुङ आइतबार पुर्पक्षका लागि कारागार चलान भएका हुन् । निर्धारित मूल्यभन्दा बढी मूल्यमा उपभोक्तालाई डिजेल बिक्री गरेपछि गुरुङ पक्राउ परेका थिए ।

बढी मुल्य लिने गरेको गुनासोका आधारमा प्रशासन, प्रहरी र उपभोक्ता मञ्चले अनुगमन गर्दा गुरुङ दोषी पाइएका थिए । कालोबजारी मुद्दामा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको आदेशमा सञ्चालक गुरुङलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

अनुसन्धानपछि गुरुङलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ । कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐनमा भएको व्यवस्थाअनुसार कालोबजारी गर्ने व्यापारीलाई १० वर्षसम्म कैद वा जरिवानासमेत हुन सक्ने व्यवस्था रहेको छ ।

राज्यले तोकेको मूल्यअनुसार ९४ रुपैयाँ ५० पैसामा बेच्नुपर्ने डिजेल मनोमानी रूपमा १०१ रुपैयाँमा बेचेको गुनासो आएपछि इलाका प्रशासन कार्यालय बुर्तिवाङ, इलाका प्रहरी कार्यालय र उपभोक्ता मञ्चको टोलीले गत पुस ३० गते पम्पमा छापा मारी सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित