२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा अर्थविद डा.शंकरप्रसाद शर्मासंग अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nasa– विजय थापा

डिसी, २६ माघ । अर्थविद तथा अमेरिकाका लागि पूर्व राजदूत डा शंकर प्रसाद शर्मासंग वर्तमान नेपालको राजनैतिक, आर्थिक, सामाजिक तथा अन्य बिबिध बिषयमा अमेरिकामा अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ ।

अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका) ले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा डा शर्माले आफू हाल सरकारी पदमा नभएको र स्वतन्त्र रुपमा काम गरिरहेको बताउनु भयो । अमेरिकाबाट नेपाल फर्केपछि परराष्ट्र मन्त्रालयमा आफुले गरेको काम र अनुभव बारेमा चर्चा चलाएको र हालको बजेटको सल्लाहकार समितिमा बसी काम गरेको बताउनु भयो ।

नेपालमा नदी सुकेको समयमा बिजुली ६० प्रतिसतले नपुग्ने भन्दै उहाँले यो ठूलो समस्या भएको भए चर्चा गर्नुभयो । उहाँले सरकारमा आउने उर्जा मन्त्रीले जहिले पनि भाषणमा ३ वर्ष भित्र बिजुली ल्याउने चर्चा सुन्ने गरेको बताउनु भयो । राजनैतिक अस्थिरतासंगै मन्त्री पनि परिवर्तन हुनाले उर्जा मन्त्रीलाई त्यो बुझ्न नै ६ महिना लाग्ने गरेको बताउनुभयो ।

नेपालमा राम्रा काम पनि भएको भन्दै यसपालिको बजेट राम्रो रहे पनि कार्यान्वयन नहुने खतरा रहेको उहाँले बताउनुभयो ।

डा शर्मा अमेरिकाको राजदुत हुदा अमेरिकन कांग्रेससंग राम्रो सम्बन्ध रहेको चर्चा रहेको तर हाल त्यो स्थितिमा सिथिल आएको चर्चा लाउडन काउन्टी डेमोक्राटिक डलस जिल्लाका सभापति तथा लेखा परीक्षक हरि शर्माले उठाउनु भएको थियो । डा शकर शर्माले सरकारको ध्यान त्यस तर्फ कम भएकोले त्यस्तो हुन पुगेको बताउनु भयो ।

ट्रान्सप्यारेन्ट अन्तर राष्ट्रियले भ्रष्टचार मुलुकमा नेपाललाई अझ तल राख्नुले नेपाल भ्रष्टचार मुक्त छैन प्रस्ट देखाएको चर्चा गर्नु भयो ।

राजनैतिक झैँ झगडाको कारण नेपालको उन्नतिमा बाधा हुन् पुगेको भन्दै सहभागी हुन् अवसर दिएकोमा नासालाई धन्यबाद दिनु भयो ।

मासिक रुपमा संचालन गरिने अन्तरक्रिया कार्यक्रममा डा शर्मालाई यो पटक समेत गरेर दोश्रो पटक बोलाईएको नासाका जनसम्पर्क समितिका संयोजक डा नर काजि गुरुङले बताउनुभयो ।

उक्त दूर संचार माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा विभिन्न राज्यहरुबाट व्यापक सहभागीहरु रहेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व संस्थाका सभापति राम चन्द्र बराल (बिद्या वारिधि)ले गर्नुभएको थियो ।

एन आर एन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले एन एन आर अमेरिका बलियो हुदै गएको बताउनुभयो ।