काठमाडौं, २६ माघ । वार्ताका लागि आह्वान गरिएको सरकारी पत्रको जवाफ दिन एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको बैठक बसेको छ ।
राजधानीमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले आइतबार विपक्षी मोर्चालाई वार्ताका लागि गर्नुभएको आह्वान पत्रका विषयमा छलफल हुने छ ।
संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार प्रधानमन्त्रीले वार्ताका लागि आह्वान गर्नुभएको पत्र र वार्तामा जाने वा नजाने भन्ने विषयमा बैठकमा छलफल हुने छ ।
संविधान निर्माण सहमतिमा हुनुपर्ने जनाउँदै आएको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आफूहरु वार्ताको पक्षमा रहेको जनाएको छ ।
यद्यपि वार्ताका लागि आएको पत्रलाई भने अपूर्ण भनि प्रारम्भीक टिप्पणी गरेको छ ।















प्रतिक्रिया