काठमाडौं, २६ माघ । संविधान निर्माणका मुद्दामा प्रमुख राजनीतिक दलबीच दूरी बढीरहेको बेला काठमाडौंमा रहेका शक्ति राष्ट्रका राजदूतको ‘राजनीतिक दौडधुप’ बढेको छ।
दलहरूबीच संवादको गति सुस्ताइरहँदा राजदूतहरूको प्रस्क्रिप्सन भने लम्बिदो छ। उनीहरू आ-आफ्ना देहका स्वार्थ अनुसार नेताहरूलाई भेटेर सुझाव दिइरहेका छन्।
कुटनीतिसम्बन्धी अन्तर्राष्ट्रिय भियना महासंन्धी र कुटनीतिक आचारसंहिताविपरित राजदूतहरू प्रमुख दलका शीर्ष नेतालाई संविधानमा के विषय समेट्ने संविधान कसरी जारी गर्नेजस्ता शुद्ध राजनीतिक कोर्स सिकाइरहेका मात्र छैनन्, राज्य विप्लवको मुद्दा खेपिरहेका व्यक्तिलाई समेत मानवअधिकार राक्षाका नाममा भेटिरहेको समाचार नागरिक दैनिकले छापेको छ ।
शुद्ध कुटनीतिक जिम्मेवारीका राजदूत राजनेता झै किन दौडधुपमा छन्, उनीहरूका सुझावले नेपालको संविधान निर्माण प्रक्रिया र समग्र हितमा सहयोग गर्ला त ?















प्रतिक्रिया