– विजय थापा
डिसी, अमेरिका । एनआरएन अमेरिका विश्वकै सबै भन्दा धेरै एनआरएन सदस्य भएको मुलुक बनेपछि मे महिनामा हुने निर्वाचनको लागि डिसी महानगर क्षेत्रमा बसोबास गर्ने पेसाले बैज्ञानिक तथा अभियन्ता भए पनि बिभिन्न संघ तथा संस्थामा नेतृत्व प्रदान गरि सकेका नगेन्द्र पौडेलले एनआरएन अमेरिकाको अध्यक्ष पदको लागि औपचारिक रुपमा समुदाय समक्ष उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
डिसी महानगर क्षेत्रको भर्जिनियामा सम्पन्न उक्त औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममा त्यस क्षेत्र सेरोफेरोका नेपाली समुदायको बाक्लो उपस्थितिमा पौडेलले ‘म यहाँ सपना बेच्न आएको हैन,’ अध्यक्ष पदका प्रत्यासी पौडेलले भने ‘अहिलेको जुन अवस्थामा एनआरएन छ त्यो भन्दा एक तह माथि उठाउने छु । तर तपाईहरुको साथ चाहिन्छ भन्दै प्रत्याभूति जाहेर गरे ।’
एक पटकको नेपाली सधैको नेपाली भन्ने मूल नारा प्रति आफ्नो सच्चा विश्वास भएको चर्चा गर्दै आफ्ना प्रतिबद्धताहरु क्रमबद्ध रुपमा प्राथमिकताको साथ पस्के । पौडेलले आफ्ना विचार राख्ने क्रममा भने समाजसेवा अन्तरमनबाट आउनुपर्छ तर त्यसको लागि विगतमा गरेका उपलब्धिहरु चाहिन्छ ।
उम्मेदवारीलाई आफुले चुनौतीको रुपमा लिएको र आफु जहिले पनि संघर्षलाई चिर्दै निस्केको बताए । दर्शन, प्रतिबद्ध तथा नेतृत्व प्रदान गर्न सक्ने गुण भएकोलाई जिताउनुपर्ने हुन्छ र त्यो समुदायले मुल्यांकन गर्नेछ । उहाँको भनाई थियो ।
एनआरएन अमेरिकामा आउदो ३ बर्ष भित्र कम्तिमा २० प्रतिशत सदस्य बनाउन मेरो प्रयास रहने छ । अमेरिकामा एनआरएनलाई छाता संगठनको रुपमा बनाउनुपर्ने र अन्य संघ तथा संस्थाहरु संग समन्वय गर्नुपर्ने अपरिहार्यता रहेको उनले बताए ।

दोहोरो नागरिकता बिषयमा गम्भीरताको साथ लाग्ने आफ्नो लक्ष्य रहेको पनि बताए । उक्त उम्मेदवारी घोषणा कार्यक्रममा डिसी महानगर क्षेत्र बाहेक नर्थ क्यारोलिनाबाट आएका डा कृष्ण शर्माले समाज सेवा सबैले गर्छन तर नेतृत्व सबैले लिदैनन भन्दै त्यो क्षमताको व्यक्ति पौडेल भएको उल्लेख गरे ।
त्यस्तै, मानव अधिकारवादी कृष्ण सबले समाज सेवामा पौडेल परीक्षित भै सकेको चर्चा गरे भने नेपाल अमेरिका पत्रकार संघका अधक्ष्य गौतम दाहालले एनआरएनको लागि नेजाले पनि नेतृत्व प्रदान गर्न सक्ने व्यक्तित्व निर्माण गर्ने रहेछ भन्दै गर्व लागेको बताउदै शुभकामना दिए ।

एनआरएनका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले सदस्यतामा धेरै वृद्धि भएकोले समुदायको आशा पनि निक्कै बढेको चर्चा गर्दै वर्तमान समितिले गर्दै गरेका काम बारेमा जानकारी गराएका थिए ।
डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरु क्रमस अमेरिका नेपाल सोसाईटीका पूर्व उपाधक्ष्य सागर कंडेल, एनईसीसीका सभापति खिलेन्द्र न्यौपाने, एनईसीसीका पूर्व सभापति महेन्द्र कार्की, अनेसास डिसी शाखाका सभापति प्रकाश नेपाल, समाज सेवी रामचन्द्र भट्टराई, समाजसेवी नेत्र घिसिङ्ग, एएनएसका पूर्व सचिव मुक्ति दवाडी तथा एनआरएन अमेरिकाका संचालक समितिका लागि उम्मेदवार सुशील रेग्मीले पौडेलको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रमका सभापति समाजसेवी राम मालाकारले पौडेलको क्षमताको बारेमा प्रकाश पार्दै डिसी महानगर क्षेत्रबाट कोहि पनि एनआरएनको लागि उम्मेदवार नभएकोले पौडेलले नै नेतृत्व लिनुपर्ने विचार राखे । कार्यक्रममा नेवाह संगठन अमेरिकाकी प्रथम उपाध्यक्ष बबिता श्रेष्ठले नगेन्द्र पौडेल बारेमा चर्चा गरेको थिइन् ।















प्रतिक्रिया