३० आश्विन २०८३, शुक्रबार

इराकमा भएको भीषण बम हमलामा ३६ को मृत्यु, ९४ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iraqueबग्दाद, २४ माघ । शनिबार इराकको राजधानी बग्दादमा भएको भीषण बम हमलामा ३६ जनाले ज्यान गुमाएका छन् । बग्दादको प्रहरीले दिएको जानकारी अनुसार सो क्षेत्रमा भएको बम हमलामा परी अरु ९४ जना गम्भीर रुपमा घाइते भएका छन् ।

बग्दाद प्रहरीले उक्त क्षेत्रमा बम हमलाकारीले शनिबार एकैपकट दुई वटा बम विस्फोट गराएका थिए । सो बम आक्रमणमा परी घाइते भएका कयौं व्यक्तिको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बग्दादको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक लोकप्रिय रेष्टुरेन्टमा शनिबार दिउसो एकजना आत्मघातीले आफ्नो शरीरमा बोकेको बम आक्रमण गराई कम्तीमा पनि ३० जनाको ज्यान लिएको हो । रेष्टुरेन्टमा कयौं व्यक्तिले खाना खाइरहेको मौकापारी सो हमला गरिएको बताइएको छ । प्राप्त समाचारअनुसार सो हमलामा परी ६६ जना अरु घाइते भएका छन् ।

त्यसैगरी बग्दादकै अल अरबी बजारमा अर्को बम हमला भएको छ । सो बजारमा पनि एकजना आत्मघातीले सो बम हानेको थियो । त्यसमा परी छ जनाको ज्यान गएको छ । ब्यस्त बजारमा लगेर गराइएको सो आक्रमणमा २८ जना व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ ।

उक्त हत्याको अहिलेसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । तरपनि बग्दादमा हालैका केही समययता आइएसले यस्तो हमला गर्ने गरेकोले यसमा पनि सोही आतङ्ककारी समूहको हात रहेको अनुमान गरिएको छ ।

बग्दादका केही जिल्लमा विगतका वर्षहरुदेखि जारी रहेको रातिको समयको कफ्र्यू हटाउने तयार इराकी सरकारले गरिरहेको एकदिनअघि त्यहाँ यस्तो हमला भएको बताइएको छ । पछिल्लो समयमा इराकमा पनि इस्लामिक स्टेट, आइएसले आक्रमण गरी नागरिक हत्या गर्ने गरेको छ ।