१ कार्तिक २०८३, आइतबार

घुम्न आएका कोरियाली पर्यटक सुरुङ भित्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North-Korean-Army-in-Nepalकाठमाडौं, २५ माघ । नेपाल घुम्न झन्डै २० दिनअघि काठमाडौं आइपुगेका ५४ उत्तर कोरियाली सिन्धुपाल्चोकमा सुरुङ (टनेल) खन्दै गरेको अवस्थामा भेटिएका छन्।

ती उत्तर कोरियालीले हाइड्रो पावर कम्पनीका लागि सुरुङ खन्ने जिम्मेवारी लिएका ठेकेदारका श्रमिक भएर काम गरिरहेका हुन्। यीमध्ये अधिकांश उत्तर कोरियाली अवकाशप्राप्त सैनिक रहेको स्रोतको दाबी छ।

उत्तर कोरियामा रहेको ‘नाम नाम कम्पनी’ ले ती कामदारहरूलाई सुरुङ खन्न नेपाल पठाएको हो।

पर्यटक भिसामा आएका ५४ उत्तर कोरियालीले कानुनविपरीत सिन्धुपाल्चोकको एक हाइड्रो पावर कम्पनीमा काम गरेकोबारे सरकार बेखबर रहेको छ।

नेपाल प्रवेशका लागि उनीहरूले पर्यटक भिसा लिएका छन्। पर्यटक भिसामा आएर कुनै पनि विदेशीले काम गर्नु अध्यागमन कानुनविपरीत हो। उनीहरूले विस्फोटक पदार्थ पड्काएर सुरुङ खन्ने जि मेवारी समालिरहेका छन्।

तीन महिनाको पर्यटक भिसामा नेपाल आएका उनीहरू केही दिन काठमाडौं बसाइपछि उक्त हाइड्रो पावर कम्पनीको सुरुङ खन्न सिन्धुपाल्चोक गएका थिए।
उनीहरूले सुरक्षा सावधानी नअपनाई सुरुङ खन्ने काममा संलग्न भएको पनि स्रोतले बताएको छ।

यस्तै जोखिमपूर्ण काम गर्दा मलेसियामा गत वर्ष चार उत्तर कोरियालीको ज्यान गएको थियो।

ती उत्तर कोरियाली करिब एक महिनाअघि नेपाल आएका थिए। नाम नाम कम्पनीले नेपालको स्थानीय एक कम्पनीसँग सुरुङ खन्ने सम्झौता गरेबमोजिम ती उत्तर कोरियालीहरू सिन्धुपाल्चोक पुगेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

विमानस्थल अध्यागमन कार्यालयले उत्तर कोरियालीहरू तीनमहिने पर्यटक भिसामा नेपाल आएको पुष्टि गरेको छ।

विमानस्थल अध्यामगनका प्रमुख गोविन्द कार्कीले ती उत्तर कोरियालीको हूलपर्यटक भिसामा नेपाल आएको बताए। पर्यटक भिसामा नेपाल आएका कुनै पनि विदेशीले यहाँ काम गर्न नपाउने कार्कीले बताए।

उनले भने, ‘उनीहरू कहाँ, कस्तो अवस्थामा छन्, मलाई थाहा छैन।’ गृह मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले घुम्न आएका उत्तर कोरियाली नागरिकहरूले कुनै कम्पनीमा काम गरिहेको भन्ने सूचना पाएको बताए । उनले भने, ‘सूचना पाएका छौं, आधिकारिकता बुझिरहेका छौं ।