१ कार्तिक २०८३, आइतबार

विमानस्थलमा यात्रुको सामान चोरीको घटना रोकिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airportकाठमाडौं, २५ माघ । ५ दिनअघि काठमाडौंसिथत त्रिभुवन विमानस्थलबाट नयाँदिल्ली उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भयो ।

इन्डिगो एयरका यात्रु डिके सिंहले लगेजमा राखेको व्रिफकेसबाट रकम चोरी भएको हो ।

विमानस्थलमा सिसिटिभी पनि जडान गरिएको छ । सिंहको रकम झिकेको दृश्य सिसिटिभीमा नभएको विमानस्थलले जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

विमानस्थलमा यात्रुको समान चोरी हुने यो नौलो घटना होइन ।

लगेजभित्र रहेका आइफोन, मोवाइल, खेलौना लगायतका सामाग्रीहरु चोरी भएको भन्दै दिनमा पाँचदेदि ७ वटासम्मका उजुरी आउने गर्दछन् ।