१ कार्तिक २०८३, आइतबार

राज्यको ढुकुटीबाट डाक्टर बनेकाहरू दुर्गममा जानमान्दैनन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctorकाठमाडौं, २५ माघ । राज्यको ढुकुटीबाट झन्डै आधा करोड सिध्याएर छात्रवृत्तिमा डाक्टर पढेका चिकित्सकले कम्तीमा २ वर्ष दुर्गममा बसेर सेवा गर्नुपर्छ ।

यो नियमलाई दराजमा थन्क्याएर स्वास्थ्थ मन्त्रालयले भने उनीहरुकै चाहना अनुसार छात्रवृत्ति चिकित्सकलाई सुगममै खटाउने गरेको छ ।

यसले दुर्गममन सुलभ स्वास्थ्थ सेवा पुर्याउने नारा कागजमा मात्र सिमिति भएको छ ।

राजनीतिक र प्रशासनिक दबाब दिएर चिकित्सकहरु राजधानी वरपर नै बस्न चाहन्छन् ।

स्वास्थ विभागका महानिर्देशक डाक्टर सेनेन्द्रराज उप्रेतिले न्यूनतम सुविधा दिएर महँगो चिकित्सा शिक्षा निशुल्क पढाउँदा पनि चिकित्सकहरु सुगम छाडेर दुर्गम जानै नमान्ने प्रवृत्ति हावी भएको समाचार नागरिक दैनिकले छापेको छ ।