२९ आश्विन २०८३, बिहिबार

नेपाली युवाको कविता ‘लाईफ इज नट इजि’ नोबेल पुरस्कारमा सहभागि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

life not easy1न्यूयोर्क । अमेरिका रहेका प्रवासी नेपाली युवा लेखक राजन थपलियाको कविता संग्रह ‘लाईफ इज नट इजि’ नोबेल पुरस्कारमा सहभागिता जनाउदै छ ।

२०१५ का लागि युरोपीयन देश स्विडेनको स्टकहोम, स्वीडीश एकेडमीमा हुने नोबेल पुरस्कार लिट्रेचरमा थपलियाको कविता संग्रह ‘लाईफ इज नट इजि’ले सहभागिता जनाउन लागेको हो ।

‘लाईफ इज नट इजि’ जिवनको भोगाइको हरेक पाटोलाई समेटिएर लेखिएको कविता हो । यो कृतीको सह–लेखक क्यानेडियन नागरिक कबी एन ब्राडी हुनुहुन्छ । मान्छेको जिवनलाई सधै एक सुन्दर फुल तथा समय को भेल अनि कर्मको खेल को रुपमा परिभाषित गर्न रुचाउने ५९ बर्षिय कबी ब्राडी नेपाली युबा राजनसँग सहकार्य गर्न पाउदा आफु अझै पनि तन्नेरी नै छु भन्ने महसुस गरेकी छु भनेर भनिन् ।

आफुले नेपाली कला संस्कृतीको बारेमा धेरै जान्ने मौका पाएको, धेरै कुरा सिक्ने अबसर पाएको अब छिटै नै बुद्धको देश नेपाल घुम्न आउन मन लगेको समेत भनिन् । नेपालीहरु सोझा, अन्तयन्त इमान्दार छन्, नेपालीहरु भने पछी सधै मनमा माया को भावना आउछँ भनेर केनिडियन कबी एन ब्राडीले भनिन् ।

कविता संग्रह ‘लाईफ इज नट इजि’ जिवन सुन्दर छ, यो फुल जस्तै सुगन्धीत बासनादार छ तर सजिलो छैन किनभने हामिले जिवन बाचिरहे पनि जिवनलाई बुझ्न सकेनौ, माछा पानीमा बस्छ तर त्यसले पानीको अस्तित्व के हो भनेर कहिले सोच्दैन । तर हामी त मान्छे हौ तैपनी जिवन जिउछौं तर पनि जिबन के हो ? भन्ने कुरा बुझेनौ अनि जिवनभर परिभाषा खोजेरै यती मुल्यवान जिवन कौडीको मोलमा बेच्न बध्य हुन्छौ।

Life not easy2jpg

जिवनको सुबासलाई बुझ्न नसके प्रगती को शिखर चड्न नसकिने र संघर्ष गर्नेहरुसँग जित सधैं नजिक हुन्छ, संघर्ष गर्ने मान्छेहरु नै बास्तबिक सफलताको हकदार हुन । जिवनको संघर्षबाट कहिले हार खान नहुने लेखक थपलियाको भनाई छ ।

कवितामा जिवनको अध्यारो र उज्यालो पाटोलाई मात्र केलाईएको छैन । विश्वको सर्वाेच्च शिखर सगरमाथा सम्बन्धी पनि कवितामा लेखिएको छ । लेखकले देश प्रती को प्रेमलाई पनि उक्त पुस्तकमा बिराट किसिमले प्रस्तुत गरेका छन ।

नारीको जिबन पुरुष को जिबन विवाह पछीको क्षण्, बियोग को पिडा, मायामा रम्नुको मज्जा, प्रेमको गहिरो परिभाषा, बाल्यकालका दिनहरु सम्झेर घरको झ्यालबाट शहर ठल्नुको मज्जा यि आदी कुराहरु समेटिएको छ ।

उक्त पुस्तक बिश्व प्रसिद्ध बुक स्टोर बार्न्स एन्ड नोबेल द्धारा बजार ब्यबस्थापन गरिएको थियो । उक्त पुस्तक इबे, अमेजन जस्ता लोकप्रिय अनलाईनमा पनि उपलब्ध छ । उक्त पुस्तक युरोप्, अमेरिका, अष्ट्रेलिया, र भारतका विभिन्न सहरमा पुगिसकेको छ ।

हाम्रो पब्लिकेसनबाट प्रकाशित पुस्तक यति ठुलो प्रतिस्पर्धामा जानु निकै गर्बको कुरा भएको अमेरिकन स्टार बूक का ज्याकी भेलोनोस्की बताउनु हुन्छ । राजनको किताबमा गहिरो दर्शन भएको र सहजै जो कोही को मन छुने कुरा एडल्फाइ युनिभर्सिटी का प्रोफेस र डा. माचा बताउनु हुन्छ ।

Life not easy

जिबन बुझ्न नसकेर मात्र गार्हो भएको हो, जिबन त एकदम सरल छ, निश्चल छ तर हाम्रो सोचाइ नै जटिल छ दिन प्रतिदिन झन झन जटिल बनाउदै गइरहेका छौ । कबितामा, कबिता मात्र छैन जिबनको चिन्तन र गहिरो दर्शन पनि छ । जिवन भनेको हामीले जस्तो बनाउछौ त्यस्तै बन्ने कुरामा लेखक थपलिया विश्वाश गर्नुहुन्छ ।

उक्त पुस्तकमा बिश्व प्रसिद्ध ‘नाएगरा फल्स’को सुन्दर्तालाई अत्यन्त मनमोहक ढङबाट प्रस्तुत गरिएको छ । जिवनका अबरोह र भगवानसँग प्रश्न यस्ता विविध बिषयहरु समेटिएको यो कबिता संग्रह लाई अमेरिकन स्टार पब्लिकेसन बोस्टन ले २०१३ अगस्ट २३ मा प्रकाशन गरेको थियो ।

यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । साहित्यको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यलाई प्रदान गरिएको थियो । स्टकहोममा नोबेल पुरस्कार सम्मान समारोहको मुख्य आर्कषण त्यस बेला हुन्छ । जब नोबेल पुरस्कार विजेतालाई महामहिम स्वीडेनको राजाको हात बाट पुरस्कार प्राप्त गर्ने गरिन्छ ।

नोबेल पुरस्कारमा सहभागिताको बारेमा राजन थपलिया भन्नु हुन्छ आज जिबनमा नयाँ उर्जा थपिएको छ । बिश्वकप जित्नु मात्र उपलब्धी होईन मेरो बिचारमा त सहभागिता जनाउनु पनि एक सफलता हो जस्तो लाग्छ । आगामी दिनमा अझै राम्रा राम्रा कृतीहरु लेख्ने छु । जहाँ रहेपनि नेपाल र नेपालीको नाम राख्ने छु ।

जहाँगए पनि, जहाँ बसेपनि देशको नाम राख्न पाउ, यो देश को झण्डा सुर्य चन्द्रमा फर्फहराइ रहेको हेर्न पाउ, हरेक मान्छेको परिचयसँग देश जोडिएको हुन्छ । त्यसैले यो देश यो माटो आमा जती कै पबित्र लाग्छ । जिबन भर यसैको सेवा गर्न पाए आफ्नो जिबन सार्थक भए को महसुस गर्ने छु ।

यस अघी बिशेष त प्रेरणादायी पुस्तकका लेखक राजन थपलियाका थिन्क अबाउट, इट् सिम्पल रुल्स्, टर्निङ पोइन्ट, स्वीट स्पीचेजर प्रकाशित भइसकेका छन् ।

लेखक थपलिया मेडिकल साइन्सका बिद्यार्थी हुन । आगामी किताब ‘बि रेडि’मा अबसरले जुन सुकै बेला पनि ढोका ढक्ढक्याउन सक्छ त्यस को लागि हामी तैयार हुनु पर्छ भन्ने प्रसङ लाई बोकेको छ ।