रसुवा, २४ माघ । ढिके नुनको प्रयोगले ज्यान पनि जान सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार अयोडिन नपाउदा बढीजसो वालवालिका रक्तचापको सिकार हुने गरेका छन् ।
ढिके नुनमा आयोडिन अभावले रक्तचाप बढेर ज्यान जाने खतरा बढेको डा. विरेन्द्र तिवारीको भनाई छ । यसैकारण रसुवाका विभिन्न ठाउँमा विद्यालयले आयोडिनयुक्त नुनको प्रयोग बढाउन जनचेतनामुलक कार्यक्रम दिन थालेका छन् ।
आयोडिनयुक्त नुनको कमीबाट हुने शारीरिक, मानसिक र सामाजिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले फ्रेवअरीदेखि एक महिना भर आयोडिन महिना विभिन्न जनचेतनामुलक कार्यक्रम सुरु गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाको आयोजना, स्थानीय साझेदार संस्थाहरू मानेकोर सोसाइटी र स्वास नेपाल, मिडिया सहयोगि रेडियो रसुवाको सहयोगमा म्याक्स प्रो नामक गैरसरकारी सस्थाले धुन्चेमा सार्वजनिक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
रसुवाका बरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले आयोडिनको प्रयोग नगर्दा धेरै समस्या आउने हुदा आयोडिनयुक्त नुनको बढी भन्दा बढि जानकारी गराउने उद्देश्यले आयोडिन महिना मनाउन थालिएको बताउनुभयो । उहाँले २ बालबालिका चिन्ह अंकित आयोडिनयुक्त नुनको प्रयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
म्याक्स प्रोका जिल्ला संयोजक राजन पुडासैनीले अहिले आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको बताउदै रसुवाको १६ बटा पसलमा ट्रयाकिङ गरिरहेको बताउनुभएको छ । उहाले आयोडिन महिनाभर सार्वजनिक अन्तरक्रिया गर्ने, जिल्लाको ३० वटा विद्यालयमा आयोडिनयुक्त नुनको बारेमा कक्षा संचालन गर्ने। बेत्रावतीदेखि स्याफ्रुबेशीसम्म भिडियो डकुमेन्ट्री देखाउने लगायतका कार्यक्रमहरू संचालन गर्ने जानकारी दिनुभयो ।
यस्तै, उक्त रक्तचाप भएका परिवारमा हरेक दिन करिब ५ ग्राम आयोडिनयुक्त नुनको प्रयोग गरेमा बाल बच्चामा कुनै पनि असर नगर्ने जिल्ला अस्पतालका डाक्टर समिर श्रेष्ठले बताउनुभएको छ । उहाले लामो समयसम्म प्रयोग गरेको आयोडिनयुक्त नुन सफा ठाउमा छोपेर राखे आयोडिन नष्ट नहुने बताउनुभएको छ ।
सार्वजनिक अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा आयोडिन नुनको महत्व, फाइदा र आयोडिन नुनको प्रयोग नगर्दा हुने समस्याहरूको बारेमा सरोकारवाला र स्थानीय बीच छलफल गरिएको छ ।
नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, रसुवा उच्च माविका शिक्षक गोकर्ण नेपाल लगायतले आयोडिनयुक्त नुनको प्रयोग गर्न आ–आफनो ठाउबाट सहयोग गर्ने बताउनुभएको थियो ।














प्रतिक्रिया