३० आश्विन २०८३, शुक्रबार

दिल्लीमा निर्वाचन, मोदीलाई धक्का दिदैँ ‘आप’का नेता केजरीवाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-kerjriwal-rahul

नयाँ दिल्ली, २४ माघ । छिमेकी देश भारतमा दिल्ली राज्यका लागि शनिवार निर्वाचन सुरु भएको छ । निर्वाचनमा एक महिनामै चर्चित भएका आम आदमी पार्टीका नेता केजरीवाल विजयी प्रबल सम्भावना रहेको सर्वेक्षणले देखाएको छ । वर्षाेदेखि शासन गर्दै आइरहेको कांग्रेस तेस्रो स्थानमा झर्ने आकलन गरिएको छ ।

यद्यपी चुनावमा आप र सत्तारुढ दल भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । भारतको राजधानीमा शनिबार मतदाता निर्वाचनमा गएका छन् । भने पूर्व उत्तेजक मुख्यमन्त्री अरविन्द केजरिवालले आश्चर्यजनक रूपमा पुनः पदमा फर्की प्रधानमन्त्री नरेन्द्र मोदीको प्रभावलाई प्रमुख रूपमा धक्का दिने प्रयास गर्नुभएको छ ।

उनन्चालीस दिन दिल्लीको राज्य सरकारको प्रमुख भई राजिनामा दिएको एक वर्षभन्दा कम अवधिमा प्रायः अभिमत सर्वेक्षणमा केजरिवालको भ्रष्टाचारविरोधी दलले प्रधानमन्त्री मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई दोस्रो स्थानमा पु¥याउनसक्ने सङ्केत दिएका छन् । यस निर्वाचनको नतिजा मङ्गलबार घोषणा हुनेछ ।

यस निर्वाचनमा विजय प्राप्त गरे पूर्व करअधिकृतलाई राम्रो पुरस्कार प्राप्त हुनेछ । मे महिनामा भएको आम निर्वाचनमा मोदी तथा केजरिवाल दुबै वाराणसीको निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएको थियो र त्यहाँ मोदीले केजरीवाललाई नराम्रोसँग पराजित गरिदिनुभएको थियो ।

आम आदमी पार्टीले संसदीय निर्वाचनमा चार स्थान मात्र प्राप्त गरेपछि राजनीतिका प्रायः पण्डितले उहाँ पराजित आवेग भएको धारणा राखेका थिए ।

एक वर्षसम्म निर्वाचित सरकार नभएपछि मतदातासँग माफी मागेपछि केजरिवाल निर्वाचन अभियानमा चम्किनुभएको थियो । उहाँले पूर्व महिलाप्रहरी तथा भारतीय जनता पार्टीका तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार किरण वेदीको चमक कम गरिदिनुभएको ठानिएको छ ।

मतदान केन्द्र बिहान ८ः०० बजे खुल्दा त्यस बाहिर मतदाताको लाइन देख्न थालिएको थियो । सबैभन्दा पहिले मत खसाल्नेहरूमा किरण वेदी पनि पर्नुभएको छ ।

उहाँले आज दिल्लीका जनताले उनीहरूले कस्तो प्रकारको दिल्ली चाहेको भन्ने कुरा निर्णय गर्नुपर्ने बताउनुभयो ।

भारतीय जनता पार्टीको निर्वाचन अभियान यसपटक विभाजित देखिएको छ । यस दलका धेरै कार्यकर्ता पार्टीलाई अपमान गर्ने इतिहास भएकी ६५ वर्षीया बेदीलाई आफ्नो नेताको रूपमा पाउँदा क्रुद्ध भएका थिए ।

टेलिभिजनमा पूर्व कार्यक्रम प्रस्तोता बेदी माझिएकी आमसञ्चारकर्मी हुनुहुन्छ । यसो भए पनि केजरिवालले श्रमजीवी जनता तथा अल्पसङ्ख्यक मतदातामा अगाडि बढ्नसक्ने क्षमता प्रमाणित गर्नुभएको थियो । उहाँको तत्कालै प्रस्तुत हुनसक्ने क्षमताले हजारौँ व्यक्तिलाई आकर्षित गरेको थियो ।

केजरिवालको अभियान कम मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउने, एक करोड ७० लाख जनसङ्ख्या भएको दिल्लीमा निशुल्क वाईफाई उपलब्ध गराउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने बचनमा आधारित छ ।

शनिबार बिहान केजरिवालले मतदातालाई ट्विटमा नुहाएर प्रार्थना गर्दै मतदानका लागि जान आग्रह गर्दै यसो गर्दा मतदाताले निश्चिय पनि विजय हासिल गर्ने उल्लेख गर्नुभएको थियो ।

केजरिवालको पहिलो अवधि उपलब्धिमूलक थियो । उहाँले सपथग्रहण गर्न मेट्रोको प्रयोग गर्नुभएको थियो भने मुख्यमन्त्रीको आधिकारिक निवास परित्याग गर्नुभएको थियो ।

यसपछि उहाँको सरकार छिटै काण्डहरूमा पर्न थाल्यो र अफ्रिकन आप्रवासीको क्षेत्रमा छापा मार्दा उहाँमाथि जातीयवादको आलोचना लाग्यो ।

आफ्नो सानो कार्यअवधिमा केजरिवालले आफूलाई विद्रोही बताउनुभएको थियो र उहाँले सरकारी कार्यालयका बाहिरी भागमा अनेकौँ प्रदर्शन गर्नुभएको थियो ।

शुक्रबार एक पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीका अर्थमन्त्री तथा प्रमुख सहयोगी अरुण जेटलीले आम आदमी पार्टी भयानक सपना भएको बताउनुभयो ।

केजरिवालको लोकप्रियताबाट प्रभावित भएर प्रधानमन्त्री मोदी आफेँ निर्वाचन अभियानमा निस्कनुभएको थियो उहाँले निर्वाचित भएपछि छिटै पदत्याग गरी केजरिवालले मतदाताको ढाडमा छुरा रोपेको आरोप लगाउनुभयो ।

सन् २०१३ को निर्वाचनमा भारतीय जनता पार्टीले सबैभन्दा बढी स्थानमा विजय हासिल गरे पनि बहुमत प्राप्त गर्न असफल भएको थियो । यसका कारण मध्य तथा बामपन्थी पार्टीप्रति झुकाव राख्ने कङ्ग्रेसको समर्थनमा केजरिवालले सरकार गठन गर्नुभएको थियो ।

यस निर्वाचनमा पराजय भोग्नु परे मोदीको मतदातासँगको हालसम्म लम्बिएको राम्रो समय सकिएको सङ्केत हुनेछ । यसै गरी आम आदमी पार्टी उहाँको सरकारलाई राजधानीमा भूमि प्राप्त गर्ने तथा प्रत्यक्ष लगानी जस्ता सुधार लागु गर्ने काममा टाउको दुखाइ हुनेछ ।

हिन्दु समाचारपत्रले शनिबार आम आदमी पार्टी मोदीको प्रभावमा चुनौती दिने विश्वसनीय दल हुने उल्लेख गरेको छ ।

मतदान साँझ ६ः०० बन्द हुनेछ र मतगणना मङ्गलबार आरम्भ हुनेछ ।