२९ आश्विन २०८३, बिहिबार

नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको कतार शाखा गठन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doha-quatar– महेन्द्रप्रसाद पोखरेल

कतार । मनोरञ्जन परोपकार र लगानीको क्षत्र पहिचान हातेमालो सामाजिक संस्थाको अभियान भन्ने मुल नारा बोकी नमस्ते नेपाल सामाजिक संस्था कतार शाखा गठन भएको छ ।

सो संस्था सन् २०१३ मई १३ मा २६ जना पदाधिकारीहरुबाट सञ्चालित थियो ।

अन्तर्राष्ट्रिय क्षत्रमा समेत आफ्नो गठन बिस्तार गर्ने उदेश्यअनुरुप पहिलो अन्तर्राष्ट्रिय शाखा संस्थाका केन्द्रीय उपाध्यक्ष हिमलाल शर्माको सभापतित्वमा सम्पन्न भेलालाई लोक गायिका देबिका केसीले प्रमुख आतिथ्यता प्रदान गर्नुभएको थियो ।

२३ सदस्यीय कतार शाखाका लागि युवा समाजसेवी ईश्वर काफ्लेले प्रतिनिधत्व गरेका छन ।

उपाध्यक्षमा निशान उप्रेती सचिवमा अनिल बानिया, सहसचिव पूर्णचन्द्र कोषाध्यक्षमा रमेश दर्नाल र सदस्यहरुमा हिमलाल शर्मा र मायाँ गुरुङ रहेका छन् ।

ब्यानर अनाबरणसँगै पानसमा बत्ती बालेर राष्ट्रिय गीत र सहिदहरुका नाममा श्रदाञ्जलि अपर्ण गर्दै भब्य रुपमा गरिएको थियो । कार्यक्रममा रमेश दर्नालले स्वागत मन्तब्य ब्यक्त दिनुभएको थियो । कार्यक्रम भने अनिल बानियाले गर्नुभएको थियो ।

परोपकार अक्षयकोषमा रकम जम्मा गर्ने सदस्यहरुलाई सम्मान गर्दै संस्थाका बारेमा जानाकारी गराउँदै कार्यक्रमलाई आधिकारिकता तर्फ लगेका थिए बानियाले ।

सांगीतक कार्यक्रमलाई ईन्दिरा शाहले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए ।

कलाकार डोलराज परियार, मधुसुदन डाँगी, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका महासचिव सन्देश शर्मा, कलाकार मोहन शाह लगायतले आफ्नो प्रस्तुतिले मनोरञ्जन दिएका थिए । युवा समाजसेवी तथा नबगठित कार्यसमितिका अध्यक्ष ईश्वर काफ्लेले उठेर नाचेका थिए ।

IMG_0025