२९ आश्विन २०८३, बिहिबार

मध्यपश्चिममा ग्यास समस्या छैन : आयलनिगम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aayal nigam– विश्वराज पछल्डङग्या
नेपालगन्ज, २३ माघ । राजधानी लगायत पूर्वी र पश्चिम क्षेत्रमा ग्यास अभाव भएपनि मध्यपश्चिम क्षेत्रमा ग्यास अभाव नभएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

अन्य ठाउँमा ग्यास अभाव देखिए पनि मध्यपश्चिम क्षेत्रमा अभाव नदेखिएको निगमका क्षेत्रीय प्रबन्धक सुरज शाहले बताए । नेपालगन्ज क्षेत्रीय कार्यालयबाट मध्यपश्चिम तथा सुदूरपश्चिमको केही क्षेत्रमा समेत ग्यास ढुवानी हुने गरेको निगमले जनाएको छ ।

पछिल्लो समय भरपर्दो स्थानबाट ग्यासको आयात भइरहेकोले अभाव नभएको उनको भनाइ छ । नेपालगन्जमा अहिले भारतको हरियाना प्रदेशको कर्नाल भन्ने स्थानबाट पेट्रोलियम पदार्थ आयत भइरहेको छ । आवश्यकता पर्दा मथुराबाट पनि आयत हुने गरेको आयल निगम क्षेत्रीय कार्यालयले जनाएको छ । ‘एक ठाउँ अबरुद्ध भए अर्को ठाउँबाट ल्याउँछौँ’–क्षेत्रीय प्रबन्धक शाहले भने–‘भरपर्दो स्थानबाट ग्यासबाट आइरहेकोले अभाव नभएको होला ।’

धेरै स्थानबाट ग्यास उठाउनुपर्ने भएकोले भिड्भाडका कारण राजधानी लगायत अन्य स्थानमा ग्यास समस्या भएको अनुमान निगमले लगाएको छ । पछिल्लो २० दिनमा भेरी ग्यास उद्योगले ५ सय ६२ सय मेट्रिक टन, मनकामना ग्यास उद्योगले ४ सय ५, राप्ती ग्यास उद्योगले २ सय २३ मेट्रिक टन ग्यास आयत गरेका छन् ।

उनले मध्यपश्चिममा पहिलेको तुलनामा ग्यासको खपत बढिरहेको बताए । उनले भने–‘माग अझैँ बढ्ने सम्भावना छ । अझैं ग्रामिण क्षेत्रमा ग्यासको पहँुच पुगेको छै्रन ।’

मध्यपश्चिम क्षेत्रमा ६६ जनाले एक ग्यास सिलिण्डरको प्रयोग गरिएको आयल निगमले जनाएको छ । नेपालगन्ज पेट्रोलियम डिट्रिव्युटर्स एशोसियशन मध्यपश्चिमका क्षेत्रीय सचिव टि.पी. न्यौपानेले नियमित रुपमा आइरहेको बताए ।

उनले गत बर्षभन्दा कोटा बढाएकाले यस क्षेत्रमा ग्यासको अभाव नरहेको बताए । उनले भने–‘नियमित आइरहेको छ, त्यस कारण तत्काल ठूलो समस्या आउने सम्भावना कम छ ।’

उनले ग्यासको खपत पनि बढिरहेको जानकारी दिए । उपभोक्ता मञ्च नेपाल नेपालगन्जका अध्यक्ष वीरेन्द्र यादवले खासै समस्या नदेखिएको बताए । ‘कोहि गुनासो गर्न आएका छैनन् । नेपालगन्जमा अहिलेसम्म समस्या छैन । भोली के हुन्छ त्यो भन्न सकिन्न’–यादव भने ।

नेपालगञ्जमा आयात भएपनि सुदूरपश्चिममा पेट्रोलियम पदार्थको हाहाकार पाइएको समाचार वाहिर आएको थियो ।